किशोर पासवान
कञ्चनपुर, भदौ २२ गते । ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले आफुले गरेका कार्य पार्दशिता गर्दै आएको दावी गरेका छन ।
शनिवार तिरहुत गाँउपालिका ५ स्थित सरस्वती जनता माधमिक विद्यालयको प्राङ्गणमा समुदाय प्रहरी साझेदारी नागरीक सुनुवाई कार्यक्रममा सो कुरा बताए । डिएसपी मिश्रले नागरीक सुनुवाई कार्यक्रममा स्थानीय समाजसेवी,नागरीक समाज, राजनैतीकर्मी र भरभलादमीले नेपाल प्रहरीले गर्दै आएको कामबाट स्थानीय समाजहरुलाई कतिको फलदायीत्व कार्य गरेको र यसलाई उधार गर्ने पक्षको बारेमा प्रशनको जवाफ दिदै प्रमुख डिएसपी मिश्रले समाजको सुधार गर्ने प्रमख भुमिका समाजको रहेको हुदा समाजमा कुनै विकृति हुने कार्य हुदा प्रहरीलाई जानकारी गराउनुस,समाजमा भएको आत्यधिक लागुऔषध,घरायसी मदिरा,तास,जुवा,महिला हिंसा जस्ता प्रवृति देखा पर्दा प्रहरीलाई जानकारी गराउनु साथै प्रहरीले तुरुन्त कार्य गर्न बताएका छन ।
जब सम्म समाजको नागरीक सचेत हुदैन तब सम्म प्रहरी राम्रो काम गर्न नसकिने भएकाले प्रहरी र नागरीक बिच साझेदारीको आवश्यकता बताएका छन
सोही कार्यक्रममा तिरहुत गाउँपालिकाका अध्यक्ष हेमनत कुमार बहडखेर(मनोज)ले नेपाल प्रहरीले नेपालमा समाजको वातारवरण सुधारका लागि ठुलो भुमिका देखाएको छ । तर प्रहरीले समाजमा भएको सानो घटनाहरुलाई नेताको भरमा मुद्दा दर्ता गदै आएकोले त्यसलाई मेलमिलापको रुपमा ल्याउनु पर्ने बताए ।
सोही कार्यक्रममा नेकपा जिल्ला सदस्य जय प्रकाश महेता, देवनारायण मरिक यादव,महेन्द्र जनता माधमिक विद्यालयका पूर्व प्रधानध्यापक भरत यादव,समाजसेवी रामसागर कुसियैत,सरिता यादव,चँन्द्रकान्त झा,सकुन्ताला सेठ लगायतका बक्ताहरुले आ–आफनौ सुझाव दिएका थिए । भने कार्यक्रममा स्थानीय समाजसेवी, नागरीक समाज, जनप्रतिनिधिहरु,राजनितीकदलका प्रतिनिधिहरु र संचारकर्मीहरु समेतको उपस्थित रहेको थिए । भने ईलाका प्रहरी कार्यालयका सई सिकेन्द्र साहले संचालन गरेको थियो ।
प्रतिक्रिया