छोरी आमाको पेटमा आएदेखी नै विभेद:यादब

  • भाद्र २२, २0७६
  • 0
...

फतेपुर, भदाै २२ गते । प्रतिनिधि सभा का सासद डा सुर्य नारायण यादब ले छोरी आमाको पेटमा आएदेखी नै विभेद मा पर्ने गरेको बताएका छन।प्रदेश सरकार द्वारा घोषणा गरिएको बेटि बचाउ ,बेटि पढाउ योजना अन्तर्गत सनिवार मा बि ओद्राहा मा अध्यनरत छात्रा हरुलाइ साइकल बितारण गर्दै डा यादबले उक्त कुरा बताए का हुन। कार्यक्रम मा बोल्दै सासद यादब ले नेपाल नेपाल पुरुष प्रधान देश भएकाले नारी सधै हिंसा मा पर्ने गरेको बताए।मधेश मा दाइजो र बलात्कार का हिंसा बढदै गएका ले त्यसलाई निरुत्साहित गर्न शिक्षा जरुरी रहेको बताए । कार्यक्रम मा बोल्दै विशिष्ट अतिथी सप्तकोसी नगरपालिका का प्रमुख उत्तम गौतम ले बिधालय ले शैक्षिक गुणस्तर मा वृद्धि गर्नु पर्ने बताउनु भयो। खस्कदो शैक्षिक अवस्था लाई माथी उकास्न नगरपालिका ले कुनै कसरत बाकी नराख्ने बताए ।अब राम्रो रिजल्ट ल्याउने बिधालयलाइ उच्च मुल्यांकन का साथ नगरले सहयोग गर्ने बताउदै नानीहरुको पढाईमा कुनै कन्जुस्याइँ नगर्न शिक्षकहरुलाइ सुझाव दिनुभयो। उक्त बिधालयको कक्षा ८ मा अध्यनरत ११ जना छात्राहरुलाइ साइकल बितरण गरिएको थियो।उक्त कार्यक्रम मा नगरपालिका कि उप प्रमुख आशा चौधरी ,समाजबादी फोरम का जिल्ला अध्यक्ष केदार प्रसाद यादब,जिला सद्स्य सुमेस्वर यादब,उमेश यादब,दिलिप कुमार साह,फोरम का नगर कमिटी अध्यक्ष राम कुमार यादब,वडा अध्यक्षहरु केदार प्रसाद साह,चन्द्र नारायण यादब,उचित चौधरी ,पुर्व प्र अ अरुन लाल दास,स्थानीय सङ सस्थाका प्रतिनिधि ,बिद्यार्थी तथा शिक्षकहरु को उपस्थिति रहेको थियो। बिधालय ब्यबस्थापन समिती का अध्यक्ष रबिन चौधरी को अध्यक्षता मा सप्पन्न कार्यक्रम मा प्र अ कप्लेश्वर यादब ले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया