डेङ्गुले सप्तरीमा एकको मृत्यु ,प्रदेश २ मा २४ घण्टामा ५७ जना सक्रमित

  • भाद्र २७, २0७६
  • 0
...

कञ्चनपुर,भदौं २७ गते । प्रदेश–२ मा डेङ्गुले एक जनाको मृत्यु भएको छ भने ७३ जना संक्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ बर्षीय            रामनारायण मण्डलको डेङ्गुले मृत्य भएको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
    डेङ्गु सङ्क्रमण रफ्तारमा बढेको छ । हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गु पुष्टि भएको थियो । दिउँसो सो सख्या २५ र अबेर रातीसम्म ७३ पुगेको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक बिजयकुमार झाले जानकारी दिएका छन् ।
    प्रदेशमा सबैभन्दा बढी  बारा र पर्सामा गरि ३९ जनामा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरि सिरहामा १५, रौतहट र सप्तरीमा सात÷सात, महोत्तरीमा तीन र धनुषामा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।
    प्रदेशका सबै जिल्लामा डेङ्गुबिरुद्ध सचेतना र बिशेष सरसफाइ कार्यक्रम बढाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक बिजयकुमार झाले जानकारी दिएका छन् ।
    डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि पूmल पार्ने र ओरपरका झाडिमा फैलन सक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र ओरपर सफा राख्न कञ्चनरुप नगरपालिकाका चिकित्सकहरुले अपिल गरेका छन् । घर ओरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।                 त्यसैगरि टायर, ट्युवका भित्री कापमा यो लामखुट्टेले पूmल पार्ने र लार्भा हुर्कने भएकाले जत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक सिनियर अहेव डम्बर प्रसाद गुप्ताले बताउँदे भने,गाउँमा घरमा महिला स्वास्थ्य स्वयमसेविका सति सम्मपूर्ण स्वास्थ्यकर्मीहरुको टिम डेगुबारे सचेतना मूलका कार्य गरीरहेको छ । केही समयअघि कञ्चनरुप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले चार जना डेगुले संक्रमित विरामी फेला पारेको थियो । तर ती सबै बाहिरबाट संक्रमृत भएर आएको संयोजक गुप्ताले बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक(डिएसपी) मकेन्द्र कुमार मिश्रले डेगु  रोगबारे प्रहरीले स्थानीय सरोकारवालासँग मिलेर सचेतनामूलक कायृक्रम गर्ने तयारी गरीरहेको बताए ।

प्रतिक्रिया