भव्यतासाथ अन्नत चतुदर्शी मनाइयो भजनेश्वर महादेव मन्दिरमा भक्तजनको घुईचो

  • भाद्र २७, २0७६
  • 0
...

श्यामसुन्दर पासवान

कञ्चनपुर,भदौं २७ गते । कञ्चनरुप नगरपालिका लगायत सप्तरी जिल्लामा बिहिवार अनन्त चतुर्दशीको पुजा भव्यथाका साथ मनाइएको छ ।

अन्नत चतुदर्शी पुजा भाद्रपद शुक्ल पक्षमा गरिने चलन छ, जसलाई अनन्त चतुर्दशी पनि भनिन्छ । उक्त दिनमा बिहानै उठेर वर्तालुले नुहाई धुवाई गरेर घरको पुजा घरको स्वच्छ जमिनमा रंगोली बनाएर कलश राख्ने गर्दछ । शास्त्र अनुसार यदि सम्भव भएमा अनन्तको पुजा पवित्र नदी वा कुनै पोखरीको किनारमा गर्दा राम्रो हुने मान्यता छ ।

कलश माथी शेषनाग को शैया बानएर भगवान हरि (विष्णु) को प्रतिमा अथवा चित्र राख्ने चल्न छ । त्यहाँ नजिकै १४ गांठो भएको धागो त्यसमा हल्दी ले रंगिएको,कूंकु ले सजिएको रातो रंगको धागा राखेर फुल,अक्षत,गंध,धूप,दीप,नैवेद्य द्धारा ओम अनन्तायस् नमस्‘। मन्त्र जाप गरि विधिवत पुजा गरिन्छ । त्तपश्चात पुजा पाठ गरि सके पछि शुद्ध अनन्त मन्त्र जाप गरेर पुरुषहरुले दायाँ र महिलाहरुले वायाँ हातमा अनन्तको डोरा (धागो) बाध्ने गरिन्छ ।अनन्त १४ गाठौ भएकोले १४ लोक समान हो जसमा अनन्त भगवान रहने विश्वास रहेको छ ।यो अनन्त (धागो) धारण गरी सकेपछि कुनै ब्राहमणलाई नैवेद्य मा भोग लगाएर प्रसाद,पकवान संगै सवै परिवार प्रसाद ग्रहन गर्ने चलन छ । पुजा पाठ पछि व्रतको कथा पढने वा सुनानले राम्रो हुने मान्यता रहेको छ । भगवान विष्णुको सवै भन्दा ठुलो सेवक र अंगरक्षक शेषनागको नाम नै अनन्त हो भने मान्यता भएकोले आजैको दिनमा शेषनाग युक्त अनन्तको रुपको पर्तिमा बनाई हरि (विष्णु) को पुजा गरिने चलन    छ ।

अतः प्रमेश्वर सहितको शेषनागको पुजा संग यो वर्त जोडिएको छ, र अनन्त हरी (विष्णु)को पुजा पाठ गरी संकट भयबाट मुक्त हुने अनन्तको शुत्र (धागा) बाध्ने गरिन्छ । अनन्तको विधिवत रुपमा धारण गर्नाले सबै मनोकामना पुरा हुने विश्वास जन–मानसमा परा पुर्व काल देखी रहेको मान्यता छ । अनन्त राखी कै जस्तै रेशमको धागामा कूंकु रंग,रातो रंगमा रंगिएको हुन्छ र त्यसमा चौँध गांठले बान्धिएको हुन्छ ।

यस्तै धागागरुले अनन्तको निर्माण गरिएको हुन्छ ।आजको दिनमा जप, तप,त्याग र तपस्याको साथ दश लक्षण पर्वको दशौ दिनको अराधाना पनि हुन्छ । अन्नत चतुदर्थीको अवसरमा कञ्चनरुप नगरपालिका–६ स्थित भजनेश्वर महादेव मन्दिरमा हजारौं श्रदालुहरुले जल अभिषेक गरेका थिए ।  

प्रतिक्रिया