कंचनपुर–फत्तेपुर सडक खण्डमा बढ्दै दुर्घटना, एकै दिन तीन जनाको ज्यान गयो

  • भाद्र २८, २0७६
  • 0
...

कञ्चनपुर,भदौ २८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको कंचनपुर–फत्तेपुर सडक खण्डमा सवारी दुर्घटनामा परी बिहीबार तीन जनाको मृत्यु भएको छ ।
    करिव पौने ६ बजेकोको समयमा कञ्चनरुप नगरपालिका–७ आर्दश टोल स्थित फत्तेपुर कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट आउदै  गरेको ना.१ क. ७९८३ नम्बर टीपरले राजविराज नगरपालिका–१० दिघवा बस्ने साइकल यात्री २० बर्षिया मनोज रामलाई ठक्कर दिदा उपचारको क्रममा विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    बिहिवार राती १० बजे फत्तेपुरबाट आउदै गरेको बा.१प.१७३० नम्वरको मोटरसाईकल अनियन्त्र भई दुर्घटना हुदा कञ्चनरुप न.पा ११ बस्ने चित्रलाल चौधरीको छोरा २२ बर्षिय त्रिभुवन चोधरी र सोही वडा बस्ने देबिलाल चोधरीको छोरा २५ बर्षिय रुपेश चोधरीको मृत्यृ भएकोे छ ।
    ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार तिब्र गतिमा मोटरसाइकल चलाएको कारण आफै अनियन्त्र भई सडकको पूर्व रहेका नालामा ठक्कर दिदा त्रिभुवन चौधरीको घटना स्थलमै र रुपेशलाई उपचारको लागी धर्मेश्वर अस्पताल लगी थप उपचारको लागी अञ्चल अस्पताल राजबिराज लाने क्रममा बाटोमा मृत्यृ भएको जनाए ।
    डिएसपी मिश्रले सवारी दुर्घटनाको मुख्य ५ कारणमा पहिलो तिब्र गति,सडकमा छाडिएको छाडा चौपाया, सडक व्यवस्थापन हुन नसक्नु, मादक पदार्थ सेवनगरी सवारी चलाउनु र समय अनुसार सडक विस्तार हुन नसक्नु सडक दुर्घटनाको मुख्य कारण रहेको  बताए ।

प्रतिक्रिया