कञ्चनपुर, भदौ २८ गते । कञ्चनरुप नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न नसक्दा सडक दर्घुटनामा बढोत्तरी भइरहेको छ ।
कञ्चनपुर बेरियर स्थित मुख्य सडकमै एकै ठाउँ दर्जनौ चौपाया छोडिएपनि स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले समस्या समाधान गर्न कुनै पहल गरेको छैन ।
एक वर्ष अगाडी सडकमा छाडिएको चौपाया प्रहरीले नियन्त्रणमा लिन थालेपछि पशु चौपाया सडकमा छाड्ने क्रम घटेको थियो । तर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि समाधान हुनु पर्ने समस्या झन बढेर गएको छ ।
नगरपालिकाले केही गरे जस्तो गर्नका लागि गत मंसिर २ गते सार्वजनिक सूचना प्रकाशित गरेर चौपाया छाडा न छोड्न सार्वजनिक सूचना जारी गरेको थियो । १५ दिने उक्त सूचनाको समय सकिएपनि नगरपालिकाले कुनै कार्यवाही प्रक्रिया अघि नबढाएका कारण सर्वसाधरणले पशु चौपायालाई सडकमा छोड्ने कामलाई निरन्तरता दिइरहेको छ ।
सडकमा छाडिएको चौपायाका कारण सवारी दुर्घटना भए सम्बन्धित चौपायाधनीबाटै क्षतिपूर्ति भराउनेसम्मको कानुनी व्यवस्था र नगरपालिकाले गर्ने कामको सूचीमा छाडा चौपाया नियन्त्रण पनि पर्छ । छाडा चौपाया नियन्त्रण गर्दा ‘मतदाता रिसाउने’ र अतिरिक्त आम्दनी(कमिशन) समेत आउने भएकोले यस्ता काममा जनप्रतिनिधिहरुले हात नहालेकोे स्थानीयहरुको भनाई छ । स्थानीयहरुले नगरपालिकाको गैर जिम्मेबार रवैया र ‘थेथर’ केही जनताको कारण अकालमा अरु मान्छे मर्नुपर्ने स्थितीको सिर्जना भएको बताएका छन् ।
प्रतिक्रिया