गैर कर्मचारीलाई अस्पताल प्रमुखका जिम्मेबारी प्रकरण : कञ्चनरुपका मेयर,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखमाथि अख्तियारले थाल्यो छानबिन

  • फाल्गुन १९, २0७९
  • 0
...

सप्तरीको कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललनप्रसाद गुप्ता,प्रमुख प्रशासकीय अधिकृत रेणुका साह र स्वास्थ्य शाखाका संयोजक रामसेवक यादबमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। 

रोकिएनन् नगरप्रमुख ललन र रेणुकाको मनोमानी ः कर्मचारी नै नरहेको मामाको छोरालाई नगरप्रमुखले दिए अस्पतालको प्रमुख जिम्मेबारी
दवलोकित दैनिकले ‘रोकिएनन् नगरप्रमुख ललन र रेणुकाको मनोमानी ः कर्मचारी नै नरहेको मामाको छोरालाई नगरप्रमुखले दिए अस्पतालको प्रमुख जिम्मेबारी’ शिर्षकमा बितेको फाल्गुन ८ गते समाचार प्रकाशित गरेको थियो ।

ज्यालादारीमा रहेका मामाका छोरालाई मेयरले अस्पताल प्रमुखको जिम्मेवारी दिएको समाचार बाहिरिएपछि अख्तियारले मेयर र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहमाथि अनुसन्धान थालेको हो ।
अख्तियार इटहरीले कञ्चनरूप नगरपालिकालाई पत्र लेख्दै नगरपालिकाले कुन आधारमा डाक्टर सञ्जय गुप्तालाई प्रमुखको जिम्मेवारी दिएको भन्दै सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए ।

नगरप्रमुख गुप्ताले आफ्नो मामाको छोरा डाक्टर सञ्जय गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा गैरकर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिएपछि थप विवाद सिर्जना भएको छ।
दैनिक ज्यालादारीमा कोभिड अस्पतालमा कार्यरत डाक्टर सञ्जयलाई नगरप्रमुख गुप्ताले ०७९ साउन १३ गतेको कार्यपालिकाको बैठकबाट ६ महिनाकोालागि करारमा म्याद थप गरेका थिए। तर, डाक्टर गुप्ता तीन महिनासम्म अस्पतालमा अनुपस्थित रहे।

प्रमुख प्रशासकीय अधिकृत साह र स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले हस्ताक्षर गरेको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय प्रमुखको पदमा रहेर कार्य गर्न जिम्मेवारी दिएको बताउँदै प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले बताए।

ती कर्मचारीले भने, ‘डाक्टर गुप्ता तीन महिनासम्म अस्पताल आएनन्, अहिले अचानक नियमकानुनलाई मिचेर कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। ’ 
ती कर्मचारीले भने, ‘निजामती कर्मचारीबाहेकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन नगर कार्यपालिका र अस्पतालको व्यवस्थापन समितिले सम्पूर्ण जिम्मेवारी लिएपछि मात्रै दिन मिल्छ। तर, यहाँ त कुनै प्रक्रिया पु¥याइएको छैन।’ डाक्टर साहले प्रमुखको जिम्मेवारी पाएको पत्र थमाएपछि बितेको फाल्गनु ५ गते शुक्रबार अस्पतालमा एक कार्यक्रम गरी हाजिरी गराइएको थियो । 

अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका कञ्चनरुप नपा ८का वडाअध्यष कृष्णा प्रसाद  साहले गैर कर्मचारीलाई अस्पतालको जिम्मेबारी दिएको बिषयमा प्रमुख प्रशासकीय अधिकृतसँग पटक पटक सोधीखोजी गर्दा समेत हालसम्म आलटाल गरिरहेको बताए । उनले भने,‘ प्रमुख प्रशासकीय अधिकृत साहले व्यवस्थापनलाई पनि डाक्टर गुप्तालाई कार्यालय प्रमुख बनाउने निर्णयमा समर्थन गर्न दावाव दिइरहेको छ । तर हामीले गैर कानूनी काम नगर्ने प्रष्ट जानकारी गराईसकेका छौं ।’ 

अस्पताल व्यवस्थापन समितिका सदस्य ललित शर्माले प्रमुख प्रशाकीय अधिकृत साहले नगरप्रमुखको दवावमा गैर कानूनी निर्णय गर्न बाध्य भएको र अहिले फसेकोले समितिबाट समेत गैर कर्मचारी गुप्तालाई नै कार्यालय प्रमुखको जिम्मेबारी दिने निर्णय गरेर सहयोग गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया