अर्चना परियार
कञ्चनपुर,फागुन १९ गते । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका ८ जमुवामा बिहीवार चुल्होबाट खरानी निकाल्ने क्रममा सल्किएर आगलागी हुँदा ७० हजार बराबरको क्षति भएको छ ।
बिहिवार बिहान ११:३० बजेको समयमा जमुवा टोलका हरिकृष्ण गोठियाको बाँसले बनाएको फुसको घरमा खाना पकाएर चुल्होबाट निकाली रहेको अवस्थामा आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर र घरभित्र रहेको धान, गँहु, लत्ताकपडा र फर्निचरको समानहरु जलेर नष्ट हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको हो । उक्त आगो नेपाल प्रहरी र स्थानीयवासिहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया