अर्चना परियार
कञ्चनपुर,फागुन १९ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका ३ गौरा सडकखण्डमा बिहीवार सवारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन् ।
गौरास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र.२-०१-००१ ह ०७३४ नम्बरको सिटि रिक्साले बिहिवार बाटो क्रस गर्ने क्रस गर्दै गरेकि पैदल यात्री ६५ वर्षिय मैनाबति राउतलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार ठक्करबाट राउतको टाउकोमा चोट लागेकाले जीवन ज्योति अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सिटि र चालक बोदेबरसाइन नगरपालिका ५ का ३३ वर्षिय रामा प्रसाद मण्डललाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया