कञ्चनपुर, फाल्गुन २१ गते । इलका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आईतबार साँझ कोशी ब्यारेज नजिकबाट ६० किलो गाँजा बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले ब्यारेजबाट दक्षिणतर्फ नदी छेऊमा दुई ओटा बोरामा गाडेको अवस्थामा उक्त परिणामको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रमुख डिएसपी दिपककुमार रायले जनाएको छ ।
गोप्य सूचनाका आधारमा गएको टोलीले नहरछेउको झाडीमा लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरेको हो ।
प्लास्टिकको दुई ओटा प्याकेटमा ६० किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा हालेर गाडेको अवस्थामा भेटिएको डिएसपी रायले जानकारी दिए । उक्त क्षेत्रबाट यसअघि पनि पटक पटक प्रहरीले गाँजा बरामद गर्दै आएका छन् । कोशी नदी हुदैँ भारततर्फ ठूलो परिणाममा गाँजा तस्करी हुने गरेका छन् ।
प्रतिक्रिया