देशको राजनीतिक परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण योगदान छ : पुर्व अर्थ मन्त्री साह

  • फाल्गुन २२, २0७९
  • 0
...

राजविराज, फाल्गुन  २१ गते । जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले देशको राजनीतिक परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आइतबार प्रेस मञ्च नेपाल सप्तरीको दोश्रो अधिबेशनको उद्वघाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उद्वघाटन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले भने,‘देशमा भएको सबै खाले राजनीतिक परिवर्तनमा पत्रकारहरुको अग्रणी भुमिका छ ।’

पुर्व मन्त्री साहले भने, ‘बहुदलीय व्यवस्था होस, प्रजातन्त्र ल्याउनुमा होस वा बर्तमन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासहितको कुनैपनी  परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण योगदान छ । ’

मन्त्री साहले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको भन्दै चिन्ता व्यक्त गरे । बर्तमन व्यबस्था ल्याउनमा पत्रकारहरुले खेलेको भुमिका अविस्मरणीय रहेको बताउदै पुर्व मन्त्री साहले आफैले लडेर ल्याएको व्यवस्थालाई संरक्षणका लागि सशक्त रुपले कलम चलाउनुपर्ने आबश्यकता औलाए ।

 जसपा राजनीतिक समिती  सदस्य समेत रहेको पुर्व मन्त्री साहले देशमा परिवर्तन विरोधी शक्ति हावी हुँदै गएकाले सचेत हुनुपर्नेमा जोड दिए । यथास्थितिबादी शक्ति सक्रिय हुदा संघीयता धरापमा परेको छ, उनले भने, संघीयताको मर्म र भावना बिपरित बहुसंख्यक प्रदेशको नामाङकरण हुनु त्यसैको संकेत हो, मधेश प्रदेश बाहेकका ६ वटा प्रदेश पहिचानको आधारमा हुन सकेन, यो दुर्भाग्य कुरा हो  ।

प्रेस मञ्च नेपाल सप्तरीको अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल, प्रदेश आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, जसपा मधेश प्रदेश समिति उपाध्यक्ष शम्भु झा, प्रेस मञ्च नेपालका महासचिव अबधेश झा, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, उपमहासचिव बैधनाथ यादव,  केन्द्रिय सदस्य भोला पासवान, जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, समाजवादी बुद्धिजिवि संगठन मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।

यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बैधनाथ झा, धिरेन्द्र प्रसाद साह, मुरली प्रसाद यादव, वरिष्ठ पत्रकार अनिल अनल, प्रेस चौतारी नेपालका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर सप्तरीका दिनानाथ यादव, प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनयलाल कर्ण, समाजवादी प्रेस संगठनका उपाध्यक्ष सुनिल झा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रेस मञ्च नेपाल सप्तरीका सचिव जितेन्द्र कुमार झा जितुद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य विद्यानन्द रामले गरे । अधिबेशनले निति तथा कार्यक्रम पास गर्दै आगामी ३ बर्षेकार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया