अवलोकित समाचारदाता
कञ्चनपुर,असोज २ गते । दुईदिनदेखी परेको पानीले कञ्चनरुप नगरपालिका(१ वैरवा पुन : डुबानमा परेको छ । दोस्रो पटकको डुब्बानले गर्दा वैरवाको जनजीवन बेहाल छ ।
सोमबारदेखी परेको पानीले वडा नम्बर २ वैरवाका लगभग सबै वडा प्रभावित छ । सबै वडाका लगभग ४ सयभन्दा बढी घरमा पानी पसेको अनुमान छ । मदरसा कासिमूल उलूम प्रावि वैरवामा पानी पस्दा अवासीय छात्रावासमा पानी पस्दा खाने कुरा समेत नष्ट भएको छ । मदरसमा सिडीपीले बनाएको २ कोटे भवन बाहेक १२ कोठामा पानी पसेको छ । सोमबारदेखी नै मदरसा छुट्टी गरिएको छ । कञ्चनरुप नपाको वडा नम्बर ३,२,१० र ११ र महुली खोलाको समेत पानी बस्ती छिर्ने गरेको छ । दक्षिणबाट उत्तर दिशा अर्थात गाउँमा पानी पस्ने गरेको छ । पानी पसेर स्थानीय विद्यानन्द साह,बिरेन साह लगायतका व्यक्तिहरुको पोखरीमा समेत पानी पसेर क्षति बताइएको छ । यसअघि गएको बाढीले समेत वडा नम्बर १मा एक सय १५ घर पूर्णक्षति र आंिशक ४ सय ७८ भन्दा बढी घर क्षति भएको थियो ।
बाढीका कारण सबभन्दा बढी शुलभ शौचालय(रिङ्गले बनेको) क्षति भएको छ । दुई पटकको बाढीले क्षति भएको शौचालयका कारण खुल्ला क्षेत्रमा दिशा पिसाब गर्दा थप बिरामी पर्ने जोखिम रहेको वडाअध्यक्ष करिम शेखले बताए । सर्प र गोहको बिगबिगी ,एक जना बालक मृत्यु बाढीसँगै कोशी नदीबाट गोही समेत गाउँघरको पोखरीमा पसेको छ । हास,कुखुरा,बाख्रा समेत खाएको र पोखरीको सबे माछा समेत खाएकोले किसानहरु थप मर्कामा परेको छ । वडाअध्यक्ष करिम शेखको पोखरीबाट गोही निकाल्ने पुन : भागेर पोखरीमै पसेको थियो । कोशी टप्पुवन्यजन्तु आरक्ष कार्यालयबाट आएको टोली राती भएकाले रितै फर्कनु परेको वडाअध्यक्ष शेखले बताए । दैनिक माछा मार्ने क्रममा ५० औटा सर्प आउने गरेको चन्देश्वर मुखिायाले बताए । उसमान शेखका अनुसार सबभन्दा बढी पानी बस्ने सर्प आउने गरेको बताए । गत भदौँ १५ गते महेश खंगको ढेड वर्ष छोरा अर्यान खंगलाई दिउसै शरीरको विभिन्न् भागमा सर्पले डस्दा उपचारको क्रममा लैजादै गर्दा मृत्यु भएको स्थानीइ रामदेव शर्माले बताए । बुधबार खेतमा पानी हेर्न जदा तीन ओटा सर्प फेला परेको स्थानीय रामदेव शर्मा(खंग)ले बताए । मदरसामा तीन दिन अघि कार्पेटमुनी गोहमन सर्प भेटिएको वडाअध्यक्ष शेखले बताए । वडाअध्यक्ष करिम शेखसँग बाढी पसेको विषयमा बुधबारै नगरप्रमुख वसन्तकुमार मिश्र र प्रमुख प्रशासकी अधिकृत पुरुषोत्तम ढकालसँग छलफल गरेको बताउँदै प्रहरी,विपक्षी दल,इलाका प्रहरी र इलाका प्रशासनसँगै जनप्रतिनिधिहरु समेतको सहभागितामा बाढीबाट भएको क्षतिबारे यकिन विवरण संकलन गर्न सुझाएको बताए । रामदेव यादबको फर्म जान खोज्दा पानीको कारण बाटोबाटै फर्किनु परेको वडाअध्यक्ष शेखले बताए ।
प्रतिक्रिया