कञ्चनपुर, चैत्र २ गते । सप्तरीको सप्तकोशी नगरपालिका ८ बलारदह मंगल हटिया बस्ने २२ बर्षिया श्रीकान्त दास आफ्नै घरको गेट बाहिर लडि गम्भिर अवस्थामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार विहान करिब २ बजे लडेर अचेत अवस्थामा दासको दिदी पिंकी दासले देखेपछि उठाई घरको आँगनमा ल्याईएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहान ९ बजेको समयमा स्थानिय मेडिकलमा लगि सामान्य उपचार पश्चात थप उचारको लागि स्थानिय स्वास्थ्य चौकी फतेपुर सप्तरीमा ल्याई उपचारको क्रममा १२ बजे मृत्यु भएको थियो ।
शवलाई घरमा ल्याएर राखेको भनि स्थानिय मार्फत साँझ करिब ५ बजे प्रहरीलाई जानकारी भएपछि प्रहरी टोलिले थप अनुसन्धान तथा मुचुल्का कार्य भई रहेको जनाएको छ ।
फाइल तस्वीर
प्रतिक्रिया