कञ्चनपुर,बैशाख २४ गते । पतन्जली योग समिति सप्तरीको आयोजनामा कञ्चनरुप नगरपालिका ११ गिद्धहा पंतञ्जली आयुर्वेद योग भवनमा ७ दिने योग शिविर सम्पन्न भएको छ ।
बितेको बैशाख १७ गतेदेखी २३ गतेसम्म शिविर संचालन भएको प्रशिक्षक रामस्वरुप चौधरीले जानकारी दिएको छ ।
योग प्रशिक्षक टोलीद्वारा स्थानीयहरुलाई योगाभ्यास गराइएको हो ।शिविरमा चार सयको सहभागिता रहेको थियो । संचालित योग शिविरमा समापनको अध्यक्षता कञ्चनरुप ११का वडाअध्यक्ष ललितकुमार गोजेबार र प्रमुख अथिति कञ्चनरुपका नगरप्रमुख ललन प्रसाद गुप्ता रहेका थिए ।
प्रतिक्रिया