कञ्चनपुर,बैशाख २७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर – १ बैरवामा गत चैत्र २८ गते भएको आगलागीका पीडितहरुले नगरपालिकाबाट विपत्त व्यवस्थापन कोषबाट पाउने ५ हजार रकम आजको मितिसम्म पाएको छैनन् ।
बितेको चैत्र २८ गते बैरवाका बिनय खंगको फुसको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर आगलागी हुदाँ विनय खंगसँगै बिरेन्द्र खंग र रामेश्वर खंगको घर पनि जलेर खरानी भएको थियो । घरमा लागेको आगो निभाउने क्रममा स्थानीय दुई जना घाइते भएका छन् । ५२ वर्षीय विनय खंग र ३५ वर्षीय राजिन्द्र सदा घाइते भएका हुन् । खंगको ढाड तथा पिठ्यू जलेको थियो । सदाको जस्तापाताले नाक काटिएको थियो । दुवै जना उपचारको क्रममा रहेको छ ।
पछिल्लो पटक पुन ः १८ गते बैशाख कञ्चनरुप नपा १ बैरवाको पोटरी हटिया स्थित मुशिलम टोलमा आगलागी हुदाँ ६ घर परिवारका लाखौंको धनमाल नष्ट भएको थियो ।
सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवा पोटरी हटिया स्थित मुश्लिम टोलमा आगलागी हुदाँ ७ परिवारको ४४ लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको थियो । स्थानीय कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ समेत जलि पुर्ण रुपमा नष्ट भएको थियो ।
कलिम शेखको फुसको घर भित्र रहेको सबै समान, कलिम शेखको आमा सैफुल शेखको श्रीमति हदिसा खातुनर र ईस्लाम शेखको घर र निजको छोरा अशलम शेख र ईस्लाम शेखको छोरा आशिस शेख सबै समान जलेर नष्ट भएका थिए ।
पीडितहरुले लगाएको लुगा बाहेक केही समान पनि आगलागीबाट बचेको छैन । पीडितहरुले नगरपालिकाबाट नियमअनुसार पाउने ५ हजार रुपैयाका लागि एक हजार रुपैया नगरपालिका जान आउनमा खर्च गरिसके तर अहिलेसम्म राहत रकम पाएका छैनन् । स्थानीय एक जनाले भने,कञ्चनरुप नगरपालिका कार्यपालिका बैठकमा मेयर ललन प्रसाद गुप्ताले उहाँको छोराहरु कति कमाउँछन् भनेर जनतालाई सुनाउँछन् । आगालागी जस्तो समस्याका पीडितको यो अवस्था हुनु दुःखद छ ।’
संयुक्त सर्घष समिति कञ्चनरुप नगरपालिका संयोजक रामदेव खत्वे शर्माले पीडितहरुले पटक पटक नगरपालिका राहत रकम लिन गएपनि आजभोली भन्दै फर्काउने गरेको बताए । उनले भने,राहत जस्तो विषयमा पनि नगरपालिकाले तारिक ढुवाउने काम गर्नु गलत भएको हो ।
प्रतिक्रिया