स्वदेशमा उत्पादित तरकारी आयात न्युनीकरण गर्न कृषि सहकारी तथा प्रकृतिक समितिको सरकारलाई ध्यानाकर्षण

  • जेष्ठ ६, २0८0
  • 0
...

कञ्चनपुर, जेष्ठ २ गते । कृषि सहकारी तथा प्रकृतिक समितिको मंगलवार बसेको बैठकले स्वदेशमा उत्पादित तरकारी आयात न्युनीकरण गर्न र तरकारीको गुण स्तरीय परिक्षण गरेर मात्र आयात तथा विक्रि वितरण गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

समितिका जेष्ठ सदस्य प्रतिनिधि सभा सांसद नवल किशोर साह सुडी को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको बैठकले समितिको कार्य क्षेत्र (कृषि तथा पशुपंक्षी विकास मन्त्रालय , भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालय र वन तथा वतावरण मन्त्रालय) संग सम्बन्धित विषयमा रहेका सम्भावना, समस्या तथा समाधानको उपालहरुका सम्बन्धमा छलफल गरेको थियो । बैठकले समितिको आगामी बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रि, सचिव लागयत पदाधिकारीहरुलाई आमन्त्रण गर्ने निर्णय गरेको छ । 

बैठकमा प्रतिनिधि सभा सदस्य अनिषा नेपाली, अवदुल खाण, अमर बहादुर थापा, अशोक कुमार चौधरी, डा. आरजु राणा, कुशुम देवी थापा, डिल्लीराज पञ्त, विनिता कठाइत, विमला सुवेदी, योगेन्द्र मण्डल, रुपा विक, विजुली राइ माझी, विरवहादुर वलायर, सरस्वती सुव्वा, सुरेन्द्र राज आर्चाय र सूर्य कुमारी क्षेठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया