कञ्चनरुपमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • जेष्ठ १३, २0८0
  • 0
...

सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर स्थित वडा कार्यालयको सभाहलमा विपद व्यवस्थापन सम्बन्धि एक दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार कञ्चनरुप नगरपालिका वडा नं. ४ वडा कार्यालय जगतपुर सप्तरीको आयोजना तथा वडा अध्यक्ष जोगेन्द्र पासमानको अध्यक्षतामा विपद व्यवस्थापन सम्बन्धि एक दिने जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।

 उक्त सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पासमानले प्रकोपको घटनाबाट हुन सक्ने क्षति कमगर्न वा प्रकोपको घटना भएर विपद आउनु भन्दा अगाडी यस वडा कार्यालयले न्यूनिकरण र विपद व्यवस्थापनका लागि पछि नहटने बताए ।

सो कार्यक्रममा प्रशिक्षक नवराज खडका र रञ्जना चौधरी रहेकी थिइन ।
प्रशिक्षक खडकाले कुनै पनी घटनाको प्रतिकार गर्नु तथा विपदबाट पर्ने समस्याको समाधान गर्ने क्षमता वा शक्ति हुनु वा भएको अवस्था र बाढी आएमा खोलामा पौडी खेलेर बाहिर निस्कने क्षमता हुनु पर्ने प्रशिक्षण दिएका थिए ।

सोही कार्यक्रममा विपद व्यवस्थापन समिती,राजनैतिक दल प्रतिनिधि,कञ्चनरुप नगरपालिका वडा नं. ४ की वडा सचिव बिभा यादव, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो भनी राजनैतिक दल प्रतिनिधि ईन्द्र देव सिंहले मंत्वय दिएका थिए ।
कार्यक्रम संचालिका द्ववरीका निरौलाले गरेकी थिईन ।

 

प्रतिक्रिया