कञ्चनपुर,असोज ३ गते । कञ्चनरुप नगरपालिका–१का केही जनप्रतिनिधि र कर्मचारीहरुले बाढी पिडीतलाई दिएको रकम हिनामिना छानविन गर्न गठित समितिको प्रतिवेदन नआउदै पुन ः अनियमिताको अर्को काण्ड बाहिर आएको छ ।
कञ्चनरुप नगरपालिका १ बैरवा स्थित लक्ष्मीनारायण माधमिक विद्यालयको अधुरो विद्यालय निर्माण कार्यमा दुई जना जनप्रतिनिधिले मन परी कार्य गर्दै आएका छन् ।
जनप्रतिनिधिहरुले विद्यालयको अधुरो निर्माण कार्यमा उपभोक्ता समितिमा आफनो श्रीमतीलाई सचिव र भाईलाई कोषाअध्यक्ष बनाई विद्यालय निर्माण कार्यको लागी ल्याएको बालुवा,गिट्टी र सिमेन्ट आ–आफनो घरमा प्रयोग गर्दै आएको छ । विद्यालयको वालको प्यास्ट,भुई ढलान,ढोका र रङ्ग निर्माणको लागी २०७५÷०७६ साल नगरपालिकाबाट कुल ६ लाख बटेज उपल्बध गराएको थियो । जनप्रतिनिधिहरुले वडा कार्यालयमा आफनै घर परिवारका सदस्यहरुलाई भेला गरेर उपभोक्ता समिति गठन गरेका थिए । उपभोक्ता समितिले नगरपालिका संग २०७६÷०२÷०२ मा सम्भौता गरी कार्य संचालन गरेको स्थानीयबासी गर्भी पंजियारले बताए ।
विद्यालयका अधुरो निर्माण कार्यमा उपभोक्ता समितिमा वडा सदस्य शैलैन्द्र यादव(शोभा)को पत्नी गिता यादव समितिका सचिव र वडा सदस्य सिताराम यादवको भाई हरेराम यादव कोषाअध्य रहेका थिए । नाम मात्रको उपभोक्ता समिति बनाएर कामचाही चाहि वडा सदस्य शैलेन्द्र यादव र सिताराम यादवले गरे । विद्यालय निर्माण समितिका अनुगम समितिका अध्यक्ष विदयान्द साहले भने ‘समिति गठन भएदेखि जनप्रतिनिधिहरुले कुनै समितिका सदस्यहरुसंग कामबारे जनकारी नै नगराई आफनो अनुकुल कार्य गरे । ’
नगरपालिको सम्भौता अनुसारको कार्य नभएको भन्दै साहले भने,‘ विद्यालयको दक्षिण पट्टी गेटमा ईट्टा हुनु पर्ने उत्तर तर्फ प्लास्ट अधुरोे छ । विद्यालयमा रङ्गमा पनि पहिला वाईट सिमेन्ट प्रयोग भएको छैन ।’ साहका अनुसार वडासदस्यद्धयले उल्टै हेप्ने समितिका सदस्यहरुलाई हेप्ने गरेको जनाएको छ । स्थानीय समाज सेवी रामदेव यादवले भने वडा कार्यालयमा कुनै पनि विकास निर्माण कार्य हुदा जनप्रतिनिधिहरुले आफनै घर परिवारको सदस्यहरुलाई समिति गठन गरी भ्रष्टचार गर्दै आएका छन् । कञ्चनरुपका नगर प्रमुख कसैले भ्रष्टाचार गरे आपूmलाई फोन गर्नु भन्दे भाषण दिने गरेको त भ्रष्टाचारबारे डेलिकेशन लिएर जाँदा वडा समस्या वडामै राख्नु भन्दै फर्काउने गरेको बताए ।
यस विषयमा वडा कार्यालय वडा प्रमुख करिम शेखले समिति गठन गर्दा वडाका सबै भरभलादमीहरुको उपस्ति भई समिति गठन भएको दावी गरे । जनप्रतिनिधिहरुले विद्यालयको बावुवा,गट्टी र सिमेन्ट लगेको विषयमा आपूmलाई कुनै जानकारी नभएको र नगरपालिकाले दिएको सम्झौता अनुसारको काम नभएको पाइएमा जति काम भएको छ,उतिकै रकम पाउने बताए ।
प्रतिक्रिया