किशोर पासवान
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बजारमा एक स्टोक घरमा आगलागी हुदा ३५ लाख बरावरको धनजन जलेर नष्ट भएको छ ।
बिहिवार करिब ११ : ३५ बजेको समयमा स्थानिय अशोक कुमार गुप्ताको पोखरी डिलमा रहेको जस्ताको स्टोक घरमा आगलागी हुदा ३५ लाख बरावरको धनजन जलेर नष्ट भएकाे हाे । आगलागीमा पिना ३० क्यून्टल,भुस ४० क्यून्टल,चोकर २५ क्यून्टल,साईकल एक थान,पंखा एक थान, गहुँ १० क्यून्टल,माछा मार्ने जाल २० थान, घर बनाउन राखिएका ४० थान धरैन काठ,काठको झयाल ८ थान,पटहा ३० थान,काठको खम्बा २५ थान,एक थान मोटर,एक थान कल र खुकुराको पानी पिउने सामग्री लगायत आगलागी हुदा ३५ लाख वरावरको धनजन जलेर नष्ट भएको पिडित गुप्ताले बताएका छन ।
पिडित गुप्ताका अनुसार मेरो घरमा आगो लाग्ने कुनै माध्यम थिएन मेरो घरमा राजनैतिक इसु र सडयन्त्रका कारण आगो लगाउने गरेको उनले आरोप लगाएका छन ।
उक्त आगोलाई हनुमान कंकालनी नगरपालिका र कञ्चनरुप नगरपालिकाका बारुण यन्त्रले नियन्त्रणमा लिएको थिए ।
प्रतिक्रिया