कञ्चनपुर,असार ९ गते । कञ्चनरुप नगरपालिकाको कार्यपालिका बैठकमा अनावश्यक रुपमा ज्यालादारीमा राखेको भन्दै पटक पटक कुरा उठेपछि नगरप्रमुख ललन प्रसाद गुप्ताको भाई सहित चार जनालाई असार १ गतेदेखी हटाइएको छ ।
आइटी हेर्नका लागि ज्यालादारीमा राखिएका सहायक चौथौं आदित्य राम,अमिन अजय मण्डल,सव इन्जिनियर विवेक साह र कार्यालय सहयोगीमा कार्यरत नगरप्रमुख ललन प्रसाद गुप्ताका भाई दिनेश प्रसाद गुप्तालाई हटाइएको हो ।
हटाइएको अजय मण्डल नेपाली काग्रेसका नेता रामदेव मण्डलका छोरा हुन् । त्यसैगरी सव इन्जिनियर विवेक साह नेपाली काग्रेस वडा नम्बर ४का सचिव हुन् । आदित्य गुप्ता नगरप्रमुख ललन प्रसाद गुप्तालाई जिताउन रातदिन खटिएका थिए ।
कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहले गत जेष्ठ २३ गते चार जनालाई हटाइएको हो । कार्यपालिका बैठकमै उपप्रमुख मुनाकुमारी पोखरेल र कार्यापालिका सदस्य शोभा पासवान,तनकलाल शर्मा लगायतले पार्टी र आफन्तलाई ज्यालादारीमा राखेकोमा बिरोध जनाउँदै आएका थिए ।
कञ्चनरुप नगरपालिकाले चालु आर्थिक २०७९÷८०को लागि आन्तरिक आम्दानी (राजस्व ) बाट २ करोड ५ लाख ६३हजार ८ सय उठाउने लक्ष्य लिएकोमा ४५ प्रतिशत मात्र संकलन गर्न सकेको हो । आर्थिक वर्षको ११ महिनासम्ममा पालिकाले ९३ लाख ७९ हजार ९ सय ३२ रुपैयाँ (४५.६१) प्रतिशत आन्तरिक राजस्वबाट आम्दानी मात्र गर्न सकेको लेखा शाखाले जानकारी गराएको छ ।
गतबर्ष आन्तरिक राजस्वबाट पालिकाले २ करोड ३ लाख ४८ हजार आमदानी गर्ने लक्ष्य लिएपनी आर्थिक बर्षको अन्तिम असारसम्ममा उदेश्यभन्दाबढी ८ प्रतिशत २ करोड ८६ लाख १२ हजार ९९ सय रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
नगरप्रमुख ललन प्रसाद गुप्ता चर्चित हुन एकातिर नगरपालिकाको राजश्व मार्दैछ भने अर्कोतर्m आफन्त ,नातागोता र पार्टीका कार्यकर्तालाई दैनिक ज्यालादारी र करारमा नियुक्ती गरेर थप व्यभार सिर्जना गरिरहेका छन् ।
यसअघिकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले भनिन्, मैले ज्यालादारीमै कर्मचारी राख्ने हो भने अनुभवीमा मान्छेलाई राखौं भन्दा नगरप्रमुखले नमानेर आपूmले प्रस्तावित गरेको व्यक्तिहरुलाई दवाव दिएर राख्न लगाएको हो । उनले भनिन, नगरपालिकाको कार्यपालिका बैठकमै पटक पटक ज्यालादारीमा ककसलाई के कामको लागि राखिएको र अनावश्यकलाई हटाउनुपर्छ भन्ने कुरा आएपछि उहाँहरुलाई हटाइएको हो ।’
कार्यपालिकाको बैठकमा नगरप्रमुखको भाई दिनेश रहेको थाह पाएको बताउँदैन भनिन् नगरप्रमुखले दवाव दिएर मान्छे राख्न लगाउन भयो तर उहाँहरु उहाँको आफन्त र पार्टीको कार्यकर्ता रहेको मलाई सुरुमा जानकारी थिएन ।’
दैनिक ज्यालादारीबाट हटाइएको विषयमा गत जेष्ठ २३ गते नै संङघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, नगरप्रमुख, नगरउपप्रमुख,आर्थिक प्रशासन शाखा र विषयगत शाखा सबैलाई जानकारी गराइएको छ । तर नगरप्रमुख ललन प्रसाद गुप्ताले चारै जनालाई अहिलेसम्म काममा लगाउँदै आएका छन् ।
प्रतिक्रिया