कञ्चनरुपमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नियमबिपरीत आयोजना गरेको नगरसभा उपप्रमुख सहितको बिरोधपछि स्थगित

  • असार १0, २0८0
  • 0
...

कञ्चनपुर,असार १० गते । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको मिलोमतोमा आयोजना गरिएको अवैधानिक नगरसभा उपप्रमुख सहित बहुमत सदस्यद्धारा विरोध भएपछि स्थगित भएको छ । 

कञ्चनरुप नगरपालिकाको कूल ६५ जना नगरसभा सदस्यमध्ये २६जनाको उपस्थिति मात्रै भएपनि नगरसभामा नियमविपरीत नीति,कार्यक्रम र बजेट पेश गरिएपछि उपप्रमुख मुनाकुमारी पोखरेल,वडा नम्बर ५का वडाअध्यक्ष कैलाश साह,कार्यपालिका सदस्यहरु शोभा पासवान,सुरेश पंजियार,तनुकलाल शर्मा,वडा नम्बर १२का वडाअध्यक्ष देवीबहादुर खत्री,वडा नम्बर ११का वडाअध्यक्ष ललित गोजेबार,वडा नम्बर ६क वडाअध्यक्ष बच्चुलाल चौधरी सहितका नगरसभा सदस्यहरुले बैठक स्थगित गर्न आग्रह गरेका थिए । 

नगर उपप्रमुख मुनाकुमारी पोखरेलले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई पटक पटक फोन मार्फत र भेटेर पनि अवैधानिक रुपमा नगरसभा न गर्न आग्रह गरेपनि नगरप्रमुखसँग मिलोमतो गरि बैठक अघि बढाएपछि विवाद भएको थियो । 

नगरउपप्रमुख पोखरेलले भनिन्,‘ हिजो ९ गतेको कार्यापालिका बैठकमा २२ जना कार्यपालिका सदस्यमा २१ जनाको उपस्थितमा ११ जनाले नीति तथा कार्यक्रम १० गते गर्ने विषयमा लिखित असहमति लेखेको थियो तर त्यसलाई पनि वेवास्था गरि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गर्न खोज्नु भयो ।’ कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले आईतबार नै एक सूचना प्रकाशित गरि १० गतेको नवौं नगरसभा नीति तथा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।  

शनिबारको कार्यापालिका बैठकमा उपस्थित २१ जनामध्ये १६ जना कार्यापालिका सदस्यहरुले सहमतिका आधारमा नगरसभा गर्नुपर्ने मत राखेका थिए । तर नगरप्रमुख गुप्ताले असार १० गते नगरसभा हुने भन्दै बैठक समापन गरेका थिए । 

कार्यपालिकाको बैठकमा नगर उपप्रमुख मुनाकुमारी पोखरेलले बजेट निमार्ण प्रक्रिया फाल्गुन मसान्तदेखी नै सुरु हुने भएपनि कुनै प्रक्रिया पुरा नगरी हतार हतार नीति तथा कार्यक्रम र बजेट पारित गर्ने पक्षमा आपूm सहित बहुमत कार्यापालिका सदस्य रहेको बताइन् ।

कार्यापालिका बैठकमा कञ्चनरुप नगरपालिका १२का वडाअध्यक्ष देवीबहादुर खत्रीले १६ जना कार्यापालिका सदस्यहरुले ३,४ दिनपछि सबै प्रक्रिया पुरा गरि सहमतिको आधारमा नीति,कार्यक्रम र बजेट पेश गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया