बालमैत्री नगरमा विद्यालय जाने बाटोको बिजोग

  • आश्विन ३, २0७६
  • 0
...

कञ्चनपुर, असोज २ गते । कञ्चनरुप नगरपालिकामा बालबालिकाहरुले अधारभूत अधिकार पनि नपाई ‘बालमैत्री नगर’ घोषणा भएको छ । तर एकदिन पानी परेपछि वडा–३ स्थित माबि बनरैत टोल र गणेशा केटी केटा पूmलबारी स्कूल जान विद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।
    दुई बिद्यालय एकै ठाउँ छ । चारतिरबाट बाटो आएको छ । तर चार ओटै बाटोमा पानी पर्दा हिड्नै नसक्ने गरी पानी जम्ने गरेको छ ।
    अझ विद्यालय नजिकै कर्लभट भत्केको दुई वर्ष वितिसक्दा पनि अहिलेसम्म निमार्ण भएको छैन । 
    माबि बनरैत टोलका निम्ति प्रअ कृष्णा यादबले पानी परेको बेला एक चौथाई विद्यार्थी पनि बिद्यालउ नआउने बताए । उनले भने,‘ समस्या कसैसँग लुकेको छैन,विद्यालयमा जनप्रतिनिधिहरु पनि आउने गर्दछ तर अहिलेसम्म बाटो बनेको छैन ।’
 

प्रतिक्रिया