किशोर पासवान
कञ्चनपुर,असार १९ गते । कञ्चनरुप नगरपालिकाको बजारमा हाट लाग्ने जग्गा हुदाँहुदै आर्थिक चलखेल अधारमा जग्गा लिजमा लिएर गुद्री हाट संचालनमा ल्याइएको छ ।
कञ्चनरुप नगरापालका ४ बजारमा पर्ने ३ कटा १६ धुर जग्गा हटियाको नाममा दर्ता रहेको छ । उक्त ठाउँमा विगतमा हाट लाग्दै आएको थियो । कञ्चनरुप ८का समाजसेवी रोशनराज ठाकुर लगायत ४२ जनाले २०७९ साल माघ ६ गते लिखित रुपमा उक्त ठाउँमा गुद्री हाट लगाउन पालिकामा निवेदन दर्ता गराएका थिए ।
तर पालिकाले उक्त निवेदनमाथि हालसम्म कुनै छलफल नगरेको रोशनराज ठाकुरले बताए । कञ्चनरुप नगरपालिका मापदण्ड विपरीत उक्त ठाउँमा अहिले चिल्ड्रेन पार्क निमार्ण गर्दैछन् ।
कञ्चनरुप नगरपालिकाको २०७९ साल पुष २० गतेको निर्णयबाट कञ्चनरुप नगरपालिका ८ मा गुद्री हटियाहरु सडकको पेटीमा लाग्दै आइरहेकोले सडक दुर्घटना लगायतका जोखिम रहेको भन्दै जोगेन्द्र प्रसाद गुप्ताको नाममा रहेको साविक कञ्चनपुर गाविस ६मा पर्ने किता नं.१५को ५७ वर्ग मिटर र कित्ता नम्बर ४०८को २ कठा जग्गा २०७९ साल मंसिर २०गतेदेखी २०८३ चैत्रसम्म ४ बर्षका लागि २ लाख रुपैयामा लिजमा लिएको थियो ।
कञ्चनरुप नगरपालिकाको पुष २० गतेको कार्यपालिका बैठकबाट जग्गा लिजमा लिने निर्णय गरेपनि भाडा भने एक महिना अगाडी अर्थात मंसिर २० गतेदेखी नै तिर्ने निर्णयमा उल्लेख छ । उक्त हटिया व्यवस्थापन गर्न पछि पालिकाले २ लाख रुपैया बिनयोजन गरेको छ । जवकी सर्वोदय मावि नकिज पालिकाले किनेर राखेको ग्राभेल र पालिकाकै ट्रयाक्टर प्रयोग गरेर गुद्री हटियामा माटो र ग्राभेल गरेका थिए ।
कञ्चनरुप नगरपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई उक्त रकम निकास गर्न भन्दा नमानेपछि नगरप्रमुख ललन प्रसाद गुप्ताले अधिकृत साहको सरुवा गराएका थिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले सोमबार गुद्री हाटको उद्घाटन गरेका थिए । असार अन्तिममा हाट उद्घाट गरेर गुद्री व्यवस्थापनका लागि माटो,ग्राभेल र शौचालय निमार्णमा अनियमिता गरेको आरोप स्थानीयहरुको छ ।
प्रतिक्रिया