कञ्चनपुर,असार २१ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्था कञ्चनरुप ८(साकोस)ले मृतक शेयर सदस्य परिवारलाई बिहीबार क्रिया खर्चका लागि २५ हजार सहयोग गरेका छन् ।
सहयोगी साकोसका सदस्य कंचनरुप नगरपालिका ८ कंचनपुरका ८० बर्षिया कुन्जी लाल सरदारको बितेको असार ९ गतेका दिन मृत्यु भएको थियो ।
सहयोगीले शेयर सदस्यको मृत्युभएपछि २५ हजार रकम क्रिया खर्च वापत परिवारलाई दिदैँ आएको छ । रकम हस्तान्तरण एवं श्रदाञ्जली कार्यक्रममा संस्थाका अध्यक्ष अनोज यादब,उपाध्यक्ष संजय खड्गा,सचिव शोभाकानत गुप्ता र दलित अगुवा जीवक्ष सरदार,समाजसेवी प्रताप साह लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया