कञ्चनरुपमा असारे लुट : जेष्ठ मसान्तमा काम सक्ने सम्झौता तर असार २४ गते राती १२ बजेपछि ढलान काम

  • असार २५, २0८0
  • 0
...

कञ्चनपुर,असार २५ गते । कञ्चनरुप नगरपालिकाले जेष्ठ मसान्तभित्र सक्नु पर्ने काम समयमा नसकेर भुक्तानी दिने अन्तिम दिनको राति १२ बजेपछि काम गराइएको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोषअन्तगर्त मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई जनकपुरधाम र कञ्चनरुप नगरपालिकाबीच जेष्ठ मसान्तमा काम सक्ने गरि २ करोड ५ लाखको योजनाको काम असार २४ गते राति १ बजे काम गराइरहेको पाइएको छ ।

समाजिक अभियन्ता सोसल रियालिटी रोशनराज ठाकुरले उक्त परियोजना अन्तगर्त कञ्चनरुप नगरपालिका ४ बजारमा निमार्णधिन चिल्ड्रेनपार्क राति १२ बजेपछि काम गरिरहेको लाईभमार्फत जानकारी दिएको छ । नगरपालिकाले प्रत्यक्ष संलगनतामा राति १२ बजेपछि पार्कको घेरावेरा गर्न पिलर र बिम ढलान गरेका थिए ।
मधेश प्रदेश सरकारले परियोजना संचालन गर्नका लागि परियोजना कूल बजेट २ करोड ५ लाखमध्ये नगरपालिकालाई नवप्रवर्द्धन साझेदारी कोषबाट सर्शत अनुदानको रुपमा १ करोड ४३ लाख ५० हजार रुपैया दुई किस्तामा बजेट निकास गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौता पश्चात प्रथम किस्ता वापत ५० प्रतिशत रक निकासा हुने २०८० साल जेष्ठ मसान्तसम्मको लागि निर्धारित क्रियाकलाप सम्पन्न भएमा असारको पहिलो हप्तामा दोस्रो किस्ताको रकम निकासा गरिने सम्झौतामा उल्लेख छ । 

कञ्चनरुप नगरपालिकाकातर्फबाट नगरप्रमुख ललन प्रसाह गुप्ताको रोहवरमा निम्ति कार्यकारी प्रमुख प्रशाकीय अधिकृत राजेशकुमार राजले चैत्र २८ गते हस्ताक्षर गरेका थिए भने मधेश प्रदेशका सचिव एवं प्रादेशिक कार्यक्रम निर्देशक नूरहरि खतिवडाले गरेका थिए । उक्त सम्झौता अनुसार कार्यक्रम संचालन गर्ने सन्दर्भमा कार्य प्रगति सन्तोषजनक नभएमा वा कार्यक्रम सम्पन्न हुन नसक्ने अवस्था उत्पन्न भएमा पालिकाले प्राप्त गरेको बजेट अनिवार्य फिर्ता गर्नुपर्नेछ र बाँकी बजेट फ्रिज हुने उल्लेख छ ।

कञ्चनरुप नगरपालिकाले वडा नम्बर ५को पथरी,१०को बदगामा,८को डिठापोखरी र ४को कञ्चनपुर बजारमा चिल्ड्रेनपार्क निमार्ण गरिरहेको छ । निमार्णधिन चार ठाउँमध्ये कुनै पनि ठाउँमा ५० प्रतिशत काम भएको छैन । समाजिक अभियन्ता सोसल रियालिटी रोशनराज ठाकुरले कञ्चनरुप ४मा पालिकाले निमार्ण गरिरहेको चिल्ड्रेनपार्क रवि हाट लाग्ने ठाउँमा नियम मिचेर बनाई रहेको बताए ।

उनले भने,‘ ३ कठा ६ धुर जग्गाको लालपूर्जामा रवि हाट लाग्ने प्रष्ट उल्लेख छ । अझ उक्त ठाउँमा कुनै पनि निमार्ण कार्य नगर्नु भन्ने जिल्ला र उच्च अदालतको आदेश भएको छ तर कञ्चनरुप नगरपालिका जनप्रतिनिधिहरु उक्त आदेशको अवहेल्ना गर्दै चोर जस्तो राती राती काम गरेर बजेट सक्न लागेको छ ।’  ठाकुरले आपूm लगायत ४३ जनाले लिखित निवेदन पालिकामा दर्ता गराएपनि कुनै सुनवाई नभएकोले अव कानुनी उपचार खोज्ने समेत बताए ।

प्रतिक्रिया