कञ्चनपुर,साउन २ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १७ बर्षिया बालिकाको सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
कञ्चनरुप नगरपालिका ति १७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कैलास पोखरेल,सुदिप भुजेल,दिपेश सुवेदी,मनोज बिक पक्राउ गरेका छन् । चारै जना आरोपीले बितेको असार २९ गते राति घरबाट लगेर नकिकै खाली रहेको एउछा फूसको घरमा लगेर सामुहिक रुपमा बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् ।
पीडित बालिकाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपीमध्ये ४ जना पक्राउ गरि अनसन्धान अघि बढाइएको जनाएको छ । किशोरीको सोमबार नै स्वास्थ्य जाँच गराई सकिएको प्रहरीले जनाएको छ ।
यस्तो पीडितको बयान :
म कक्षा ९ मा पढ्छु । मेरो साथीहरुसँगै उक जना केटा साथीको पनि चिनजान भएको छ । हाम्रो समाजिक संजालमा कहिलेकाही कुरा हुन्थ्यो । ति साथीले मलाई बितेको असार २९ गते राति फोन गरेर भेट्न आउँछु भन्यो । मैले राति भेटन नआउनु भने । तर उनले तिम्रो घरका सबै जना छदैँछ । म भेटर गई हाल्छु भन्दै घर भेटन आए । म र मेरो बहिनीसँगै एउटा कोठामा थियो । मेरो साथी आएपछि मेरो बहिनीसँग एक वानी मागेर खानु भयो । र,एकछिन कुरा गरेर जान थालेपछि मेरो घर अगाडी कुरेर बसेका ४ जनाले मेरो साथीलाई राती भेट्न किन आएको भन्दै कुटपिट गरे ।
चार जना मेरो साथीलाई कुटपिट गर्नुका साथै मलाई र मेरो साथीलाई कोठामा लगेर सगै बसाएर फोटो खिचे । मेरो साथीलाई त्यही कोठामा थुनेर बाहिरबाट चुकुल लगाई दिए । मेरो बहिनीलाई आमासँगै कोठामा पठाएर त्यो कोठामा पनि चुकुल लगाई दिए । मलाई चार जनाले सम्झाउनु छ भन्दै घरभन्दा अलि पर एक जनाको खाली घरमा लगे । मलाई बाहिरबाट केटा ल्याएर तिमी सुत्ने हामीसँग पनि सुत्नु पर्छ भन्दै कुटपिट गरे । मैले तपाईहरु मेरा दाई मलाई यस्तो काम गर्न नलगाउनु ।
चार जनामध्ये एक जनालाई त म तिहारमा म भाईटिका समेत लगाएको स्मरण गराए तर उनीहरुले लठीले कुटीरहे । मलै बच्नका लागि म महिनाबारी भएको बाहाना बनाए तर उनी उनीहरुले छोडेनन् । तिमी बाहिरको केटा बोलाएर सुत्ने हामीसँग मेरो साथीसँग खिचेको फोटो फेसबुकमा भाईरल गरिदिन्छु भन्दै जर्वजस्ती बलात्कार गरे । मैले कुनै गल्ती गरेको छैन यदि गरेको छु भने मलाई सबै जनालाई राखेर दण्डदिदा म स्वीकार गर्दछु भन्दा पनि मानेन् । मलाई करिब १०.३० बजे घरबाट लगेको थियो । ३ बजेतिर घर ल्याएर मेरो साथीलाई पुन :कुट्दै भगाए । मेरो आमा र छिमेकीहरुलाई समेत मलाई नै गल्ती ठहराउँदै उनीहरु घर गए ।
घटना भएको भोली पल्ट मेरो बुवा कामबाट घरमा आएपछि घटनामा संलग्नहरुले नै तेरो छोरीले बाहिरको केटा ल्याएर गलत गरेको भन्दै पोल लगाएपछि बुवाले मलाई सोधेपछि मैलै राति सबै कुरा बताए । पछि बुवा हामी मिलेर इलका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यवाहीका लागि निवेदन दियौं । अहिले चार जना पक्राउ परेको छ । दोषी सबै जनालाई कार्यवाही हुनुपर्छ ।
प्रतिक्रिया