कञ्चनपुर,साउन २ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १७ बर्षिया बालिकाको सामुहिक बलात्कार घटनामा संलग्न ४ जनालाई प्रहरीले सार्वनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले कंचनरुप नगरपालिका १२की एक नावालिकालाई गत असार २९ गते राति डरधम्की देखाउदै जवरजस्ती करणी घटनामा कैलाश पोखरेलको आदेशमा दिपेश सुवेदी, सुदिप भुजेल, मनोज विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेका जनाएको छ ।
पिडित नावालिकाले बितेको असार ३१ गते आईतबार राति मात्र आफ्ना अभिभावकलाई उक्त घटनाका वारेमा वताएकी थिइन । उक्त घटनामा सम्लग्न बिपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरि पाउ भनि निज पिडित र अभिभावकले ईप्रका कन्चनपुर सप्तरीमा सोमबार लिखित जाहेरी दरखास्त सहित उपस्थित भएपछि प्रहरीले चारै जनालाई पक्राउ गरि कार्यवाही अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चार जना विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत तर्फ पठाईएको छ ।
यस्तो पीडितको बयान :
म कक्षा ९ मा पढ्छु । मेरो साथीहरुसँगै एक जना केटा साथीको पनि चिनजान भएको छ । हाम्रो समाजिक संजालमा कहिलेकाही कुरा हुन्थ्यो । ति साथीले मलाई बितेको असार २९ गते राति फोन गरेर भेट्न आउँछु भन्यो । मैले राति भेटन नआउनु भने । तर उनले तिम्रो घरका सबै जना छदैँछ । म भेटर गई हाल्छु भन्दै घर भेटन आए । म र मेरो बहिनीसँगै एउटा कोठामा थियो ।
मेरो साथी आएपछि मेरो बहिनीसँग एक गलास पानी मागेर खानु भयो । र,एकछिन कुरा गरेर जान थालेपछि मेरो घर अगाडी कुरेर बसेका ४ जनाले मेरो साथीलाई राती भेट्न किन आएको भन्दै कुटपिट गरे । चार जना मेरो साथीलाई कुटपिट गर्नुका साथै मलाई र मेरो साथीलाई कोठामा लगेर सगै बसाएर फोटो खिचे । मेरो साथीलाई त्यही कोठामा थुनेर बाहिरबाट चुकुल लगाई दिए । मेरो बहिनीलाई आमासँगै कोठामा पठाएर त्यो कोठामा पनि चुकुल लगाई दिए ।
मलाई चार जनाले सम्झाउनु छ भन्दै घरभन्दा अलि पर एक जनाको खाली घरमा लगे । मलाई बाहिरबाट केटा ल्याएर तिमी सुत्ने हामीसँग पनि सुत्नु पर्छ भन्दै कुटपिट गरे । मैले तपाईहरु मेरा दाई मलाई यस्तो काम गर्न नलगाउनु । चार जनामध्ये एक जनालाई त म तिहारमा भाईटिका समेत लगाएको स्मरण गराए तर उनीहरुले लठीले कुटीरहे । मलै बच्नका लागि म महिनाबारी भएको बाहाना बनाए तर उनीहरुले छोडेनन् । तिमी बाहिरको केटा बोलाएर सुत्ने हामीसँग मेरो साथीसँग खिचेको फोटो फेसबुकमा भाईरल गरिदिन्छु भन्दै जर्वजस्ती बलात्कार गरे ।
मैले कुनै गल्ती गरेको छैन यदि गरेको छु भने मलाई सबै जनालाई राखेर दण्डदिदा म स्वीकार गर्दछु भन्दा पनि मानेन् । मलाई करिब १०.३० बजे घरबाट लगेको थियो । ३ बजेतिर घर ल्याएर मेरो साथीलाई पुन :कुट्दै भगाए । मेरो आमा र छिमेकीहरुलाई समेत मलाई नै गल्ती ठहराउँदै उनीहरु घर गए ।
घटना भएको भोली पल्ट मेरो बुवा कामबाट घरमा आएपछि घटनामा संलग्नहरुले नै तेरो छोरीले बाहिरको केटा ल्याएर गलत गरेको भन्दै पोल लगाएपछि बुवाले मलाई सोधेपछि मैलै राति सबै कुरा बताए । पछि बुवा हामी मिलेर इलका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यवाहीका लागि निवेदन दियौं । अहिले चार जना पक्राउ परेको छ । दोषी सबै जनालाई कार्यवाही हुनुपर्छ ।
प्रतिक्रिया