कञ्चनपुर,साउन ६ गते । कञ्चनरुप नगरपालिकामा काम गरेर पनि भुक्तानी नपाएका पीडित उपभोक्ता र ठेकेदारहरुले संतोष गोइतको अध्यक्षता १५ सदस्य सर्घष समिति गठन गरेको छ ।
कञ्चनरुप नगरपालिकामा काम गरेका उपभोक्ता र ठेकेदारहरुले असार १५ गते नै सबै कागजात बुझाउँदा समेत अन्तिम समयमा भुक्तानी नदिएपछि आन्दोलित भएका छन् । शुक्रबार उपभोक्ता र ठेकेदारहरुको संयुक्त बैठकले गोईतको अध्यक्षतामा १५ सदस्य सर्घष समिति गठन गर्दै आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरेका छन् ।
सर्घष समितिले पहिलो चरणमा अगामी साउन ७ गते आईतबारका दिन पत्रकार,प्रहरी,प्रशासन र कञ्चनरुप नगरपालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । समितिका अध्यष सन्तोष गोइतले पहिलो चरणमा ज्ञापन पत्र दिदैँ काम गरेर पनि उपभोक्ता र ठेकेदारहरुले भुक्तानी नपाउनुमा दोषी पत्ता लगाउन सर्वपक्षिय छानविन समिति गठन गर्नुपर्ने र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कार्यवाही गर्नुका साथै भुक्तानी पाउन बाँकी रहेका उपभोक्ता र ठेकेदारहरुलाई तत्तकाल भुक्तानीका लागि पहल गर्न लगाउने बताए । पहिलो चरणको आन्दोलनले सुनवाई नभए आन्दोनको स्वरुप परिवर्तन गरेर नगरपालिकालाई तताउने आन्दोलन गर्न बाध्य हुने अध्यक्ष गोइतले बताए ।
असार २४ गते साँझ मात्रै कञ्चनरुप नगरपालिकाका नगरप्रमुख सहित वडाअध्यक्षहरुले रकम भुक्तानीको अधार तय गरेको थियो । तर राति सरर्भर नचलेकोले तोकिएको मापदण्ड पुरा हुने ठेकेदार समेतले भुक्तानी पाउन सकेको छैन । कञ्चनरुप नगरपालिकाले संघीय सरकारको निर्देशन बिपरीत खर्च गरेकोले पैसा अपुग भएपछि उपभोक्ता र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । सकयडा ३देखी ५ रुपैया ब्याजमा ऋण लिएर काम गरेका ठेकेदार र उपभोक्ताहरुले भुक्तान िनपाएपछि मार्कामा परेका छन् ।
प्रतिक्रिया