कञ्चनपुर,साउन ९ गते । कञ्चनरुप नगरपालिकामा पुन : एक १५ बर्षिया नबालिका बलात्कृत भएकी छिन् ।
कञ्चनरुप नगरपालिका ११की १५ बर्षिया बालिकालाई श्रृजनशील लघुवित्तीय संस्था लिमिटेडको कार्यालयभित्र नै गत आईतबार ५ ः ४५ बजे बलात्कार गरेको प्रहरी जनाएको छ ।
बलात्कारमा संलग्नलाई संस्थामा कार्यरत सिरहा जिल्ला नरहा गाउँपालिका २ चोहर्वाका २६ बर्षिया ईश्वर कुमार सदालाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको छ । जर्वजस्ती करणी घटना भए लगत्तै स्थानीयहरुले सदालाई कुटपिट गर्दै प्रहरीलाई खवर गरेर जिम्मा लगाएका थिए । १५ बर्षिया बालिका अनाथ हुन् । मामा घरमा बस्दै आएकी उक्त नबालिकालाई बलात्कार गर्ने सदालाई जर्वजस्ती करणी मुद्धामा ७ दिनको म्याद थप गरि कार्यवाही अघि बढाइएको इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपककुमार रायले बताए । उनले भने,पीडित पक्षले नबालिकाको जन्म खुल्ने कुनै प्रमाण नभएकोले सोको समेत पत्ता लगाउने पत्राचार गरिएको बताए । यसअघि कञ्चनरुप नगरपालिका १२मा एक नबालिकासँग सामुहिक बलात्कार भएको थियो ।
प्रतिक्रिया