समाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा गोरराजा मन्दिर, भजनेश्वर मन्दिर, राधाकृष्ण मन्दिर निरिक्षण र अनुगमन

  • आश्विन ५, २0७६
  • 0
...

श्याम पासवान
कञ्चनपुर, असोज ५ गते ।
प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले केन्द्रीय सरकार प्रदेश सरकारलाई महिना बारी गाडी चडने बाहेक कुनै अधिकार नदिएको बताएका छन ।
    शनिवार कञ्चनरुप नगरपालिका ६ स्थित गोरराजा मन्दिर, भजनेश्वर शिव पार्वती मन्दिर र कञ्चनरुप नगरपालिका ४ स्थित राधा कुष्ण मन्दिर पर्यटन क्षेत्र निरिक्षण तथा अनुगमन कार्यक्रममा सोही कुरा बताएका हुन । समाजिक मन्त्री साहले हामी जनता संग अधिकार दिन्छु र विकास गर्छु भन्दै दुई वटा कुरा गर्दै भोट माग गरी अगाडी बढिएका छौ । सोही कुरा मन्न गर्दै संविधान दिवसको अवरमा विरोद्ध कार्यक्रम गरेको बताएका छन । मन्त्री साहले आफु प्रदेशको समाजिक विकास मन्त्री भएता पनि समाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य,खेलकुद जस्ता कर्मचारी , शिक्षक र अहेवलाई समेत सरुवा तथा बरुवा गर्ने अधिकार दिएको छैन । मन्त्री साहले यस क्षेत्रमा पटकपटक नेताहरुले मन्त्री सम्म बनेका छ तर विकास केही पनि नभएकोमा दुख ब्यतm गरेका छन । मन्त्री साहले यस गोरराजा मन्दिरको विकास गर्न अब मेरो कान्धामा भएकोले यस मन्दिरलाई विकास गर्ने बताएका छन ।  
    सोह कार्यक्रममा विशिष्ट आथिति राजापा पार्टीका प्रदेश निति आयोगका सदस्य राज कुमार लेखीले विकास कार्यमा सरकारको आशामा मात्र नभई आफु समाजमा भएका ब्यतिmहरुको पनि उतिकै आवश्यक रहेको हुदा आफनौ विकास आफै गर्ने आग्रह गरेका छन ।
    राजपा पार्टीका क्षेत्रीय सभापती माधव कुमार चौधरीको अध्यक्षतामा संचालन कार्यक्रममा केन्द्रीय सदस्य श्याम कुमार सरदार,कल्पाना चौधरी नगरका सचिव चितरञ्चन यादव लगायतका बक्ताहरुले आ–आफनो मन्तब्य ब्यतm गरेका थिए । 

प्रतिक्रिया