किशोर पासवान
कञ्चनपुर,साउन १० गते । पटक पटक कञ्चनपुर नगर अस्पतालमा म्याद गुज्रेको औषधी वितरणका घटनामा संलग्नलाई कुनै कार्यवाही नभएपछि पीडितहरु जिल्ला प्रशासन कार्यालय जाने भएको छ ।
पछिल्लो पटक कञ्चनरुप नगरपालिका ८का अंजनेश्वर कमलेश (भोला)राउतकी पत्नी रंजना कुमारी विश्वासले बितेको साउन १ गते विरामी भएर अस्पतालमा उपचार गर्न गएका थिए । जाँच गरिसकेपछि डाक्टरले साउन ७ गते (२३ जुलाई)मा औषधी लेखेको थियो ।
अल्सीक्लार ५०० नामक औषधीको म्याद जुलाईमा सकिन्छ तर २३ जुलाईमा अस्पतालका कर्मचारीहरुले दिन १४को औषधी दिएका थिए । म्याद सकिएपछिको ७ दिनसम्मको औषधी अस्पतालको फार्मेसीले दिएको थियो । भोला राउतले भने,‘कर्मचारीलाई कुरा गर्दा उल्टै मलाईनै थकाउर्ने काम ग¥यो । मैले कञ्चनरुपका नगरप्रमुख ललन प्रसाद गुप्तालाई फोन गर्दा उहाँले फो उठाउँनु भएन । तर जव स्थानीयहरुले केरकार गर्न थाले त्यसपछि स्वास्थ्यकर्मीहरुले मेयरलाई फोन गर्दा तुरुन्त दलबल सहित आए ।’ भोला राउतले भने,‘ मैले घटनाबारे तत्काल सप्तरीका सिडियो र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीलाई खवर गरे । घटनास्थलमा पत्रकार,स्वास्थ्यकमीृ,जनप्रतिनिधि,प्रहरीको उपस्थितीमा नगरप्रमुख ललन प्रसाद गुप्ताले घटनामा दोषीलाई अस्पताल व्यवस्थापन समितिको भोली ( साउत ८ गते सोमबार) आकस्मिक बैठक राखेर तुरुन्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेपनि कुनै कार्यावाही गर्न कुनै चासो नलिएपछि बाध्यभएर कानुनी लडाई लड्न अघि बढेका छौं । ’ भोला राउतसँगै रंजना कुमारी विश्वासलाई समेत म्याद सकिएको औषधी दिइएको थियो ।
‘ गरिवका छोरा २÷४ बोत्तल लागु औषध सहित पक्राउ पर्दा प्रहरी,प्रशासनले तत्काल जेल पठाउँछ तर यहाँ त संगठित रुपमा म्याद सकिएका औषधी बेचेर सर्वसधारणको स्वास्थ्यसँग खेलवाड गर्दा कुनै कार्यवाही छैन । बरु नगरप्रमुख र वडाअध्यक्षले जोगाउँने काम गर्दैछ ।’एमालेका नेता एवं कञ्चनरुप नगरपालिका मेयरका प्रत्यासी उम्मेदबार कलिमले अस्पतालमा नातागोता र आफन्तलाई भर्ती केन्द्र बनाएर नगरपालिकाका प्रमुखले लुट मचाएको बताए । उनले भने,‘ कञ्चनरुप नगरपालिका र यस क्षेत्रका जनता बिमा गरेर औषधी लिन जादा कमसल र म्याद सकिएको औषधी बेचेर जनताको स्वास्थ्यसँग खेलवाड गरेको छ । ’ घटनामा संलगन सबैलाई निलम्बन गरेर कार्यवाही प्रक्रिया अघि बढाउनु पर्ने कलिमले बताए ।
स्थानीय युवा अरुणकुमार यादबले पटक पटक अस्पतालबाट म्याद गुज्रेको औषधी वितरण गर्दा समेत दोषी उपर कार्यवाही नहुनुमा नगरप्रमुख र वडाअध्यक्षको संलग्नतालाई पुष्टि गरेको बताउँदै कानुनी रुपमा उपचार खोज्नुका साथै यहाँका यूवाहरु जागरुक हुनुपर्ने बताए । उनले भने,‘जव पढेलेखेका व्यक्तिहरुसँग त यस्तो व्यवहार गर्दछ भने गाउँघरका पढ्न लेख्न नजान्ने व्यक्तिहरुको अवस्था हामीले अनुमान गर्नेभन्दा खराब रहको र अस्पतालबाट औषधीहोई विष सेवन गर्न बाध्य बनाइएको छ । ’
अस्पतालका कर्मचारीले यस अघि २०७९ मंसिर २१ गते क्ञ्चनरुप नगरपालिका १२ अमजत अलीले छोरी फरान अलीलाई उपचार गर्न लिएर जादा स्वास्थकर्मीले म्याद सकिएको औषधी दिएर पठाएको थियो । भोमिज सिरपको म्याद वितेको नोमेम्बरसम्म भएरपनि डिसेम्बर ७ मा उक्त औषधी स्वास्थ्यकर्मी दिएका थिए । उनले भनेका थिए,‘म जस्तो अरुलाई हुुनु हुदैन । म पढेको थिए,थाह पाए । अरु अनपढ भएको भए खुवाइहाल्थ्यो । स्वास्थ्य केन्द्रमा लार्पावाही धेरै हुन्छ । आम जनता पीडित छ । जिम्मेबारी व्यक्तिलाई कार्यवाही हुनुपर्छ ।’ तत्कालिन समयमा अस्तालका प्रमुख डाक्टर अकाश रौनियारले भर्खरै म्याद सकिएको औषधी भूलवस गएको स्वीकारर्दै सबै औषधी कम्प्युटराइज इन्ट्री गर्ने काम भइरहेको बताएका थिए । तर उक्त घटनामा कसैलाई कार्यवाही गरिएन ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ८का वडाअध्यक्ष कृष्णा प्रसाह साहले म्याद सकिन एक महिना छदैँ सबै औषधी फार्मेसीबाट हटाउने निर्णय यसअघि नै भएको बताए । तर पनि स्वास्थ्यकर्मीहरुले लापारवाही गरेका छन् ।
जबकी औषधि ऐन अन्तर्गत दफा २३६ मा म्याद नाघेका वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने स्पष्ट व्यवस्था छ । कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्नु नहुने उल्लेख छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
झापामा म्याद गुज्रेको औषधी वितरण गर्ने सम्पूर्ण कर्मचारी निलम्बित
झापा जिल्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा म्याद गुज्रेको औषधी वितरणको घटनामा संलग्न सम्पूर्ण कर्मचारीहरु पालिकाले असार ३ गते निलम्बन गरेका थिए ।
कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले प्रेस विज्ञप्ति जारी गरी सो घटनाको यथार्थ विवरण प्राप्त नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्रको औषधी वितरण शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई आजका मितिबाट लागू हुनेगरी निलम्बन गरिएको जनाएकी छन् ।
सो घटनाप्रति कचनकवल गाउँपालिकाले छानबिन थालेको छ । कचनकवल गाउँपालिका मातहतका स्वास्थ्य केन्द्रहरुबाट प्रवाह हुने स्वास्थ्य सेवाको विषयमा संवेदनशील रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत यादवले त्यस घटनाप्रति आबश्यक छानबिन थालेको जनाएकी छन् । छानबिनमा दोषी भेटिए कार्वाही गरिने उनको भनाई छ । केही दिनअघि प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा म्याद गुज्रेको औषधी वितरण भएको समाचार प्रकाशित भएको थियो ।
प्रतिक्रिया