कञ्चनपुरमा अस्पतालमा डाक्टरको लापारवाहीका कारण १६ बर्षिया एक युवाको मृत्यु,स्थानीयहरुद्धारा अस्पताल घेराऊ

  • श्रावण १४, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,साउन १४ गते । कञ्चनपुर अस्पतालका डाक्टर संजय गुप्ताको लापार्वाहीका कारण एक १६ बर्षिया एक युवाको ज्यान गएको छ ।

कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताका मामाका छोरा समेत रहेका अस्पताल प्रमुख गप्ताको लापारवाहीका कारण  सप्तकोसी नगरपालिका वार्ड न. ९ बस्ने राम देव खङ्गको छोरा वर्ष १६ को ओम प्रकाश कुमार खङ्गको मृत्यु भएको हो । 

ज्वरो लागेर विरामी भएका खङ्गका विहान करिब ११ बजे खङ्ग्लाई कंचनपुर नगर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर अस्पतालले करिब ४ ः ३० बजे मृत्यु भएको घोषणा गरेका थिए । पीडितका बुवा रामदेव खंगका अनुसार ओमप्रकाशलाई ज्वरो लागेको र घरमा एक पटक मुखबाट रगत आएपछि ५ हजार ऋण खोजेर उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उनले भने,‘अस्पताल भर्ना भएको २ घण्टासम्म त कोही डाक्टर हेर्न पनि आएन,मेरो गाउँका विरेन्द्र यादबलाई फोन गरेर बोलाएपछि मात्रै डाक्टरले उपचार सुरु गरेका थिए ।’ मैले यहाँ उपचारमा समस्या भने

विरामीलाई रेफर गरिदिनुस भने तर यही उपचार भइहाल्छ भन्दै स्थानीय क्लिनिकमा भिडियो एक्स—रे गर्न अस्पताल बाहिर पठाए,भिडियो एक्स रे गरेर ल्याउदासम्म बिरामी हिडेर आएका थिए । तर जव डाक्टर संजयले गुप्ताले लेखेको इन्जेक्सन लगायो मेरा छोराको मुखबाट ह्वातै रगत आयो र २ एक मिनेटमा मृत्यु भयो । मृतकका बुवा रामदेव खंगले भने,मेरो छोरा मरेको होइन,मारेको हो । दोषीलाई हदैसम्मको कार्यवाही हुुनुपर्छ ।’ 

उपचाारमा संमलग्न डाक्टर संजय गुप्ताले आपूm हिजो  र आज विदामा बसेको र अन्तिमसमयमा मात्रै उपचार गरेको बताए । डाक्टर गुप्ताले मृत्युको कुनै कारण उल्लेख गरेनन् । २ बजेपछि आकस्मिक कक्षमा डियुटीमा आएका डाक्टर उदय चौधरीले पनि मृत्युको कारण बताउन चाहेन् । 

घटना लगत्तै कञ्चनरुप नगरपालिकी उपप्रमुख मुनाकुमारी पोखरेल,एमाले नेता मोहम्मद कलिम पत्रकार भोला पासवान लगायतले अस्पतालमा मृकत परिवारसँग भेट गर्नुका साथै घटनाका विषयमा छानविन गर्दै दोषी उपचार कार्यवाही गर्न माँग गरेका छन् ।

पीडित परिवार र स्थानीय सयौं जनाले अस्पताल परिसरमा जम्मा भएर कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र अस्पतालमा कार्यरत डाक्टरहरुको विरुद्धमा नारावाजी गरीरहेका छन् । केहीले अस्पतालको सिसामा समेत ढुङ्गा प्रहार गर्दा सिसा फुटेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपककुमार राय सहितको ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । 

कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ता अस्पताल नगएपनि सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकाललाई प्रयोग गरेर आन्दोलन सामसुम पार्न पठाएका छन् । मृतक सप्तकोशी नगरपालिकाको भएकोले नगरप्रमुख ढकाललाई घटना मिलाउन पठाइएको बताइएको छ ।

एक हप्ता अगाडी मात्रै अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना बाहिरिएको थियो । तर कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले आकस्मिक रुपमा बैठक राखेर कार्यवाही गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कार्यवाही गरिएको छैन ।

प्रतिक्रिया