कञ्चनपुर अस्पतालमा युवा मृत्यु प्रकरण : चार बुँदे सहमति भएपछि २४ घण्टापछि  शव उठ्यो  अस्पताल प्रमुख एवं मेयरको मामाका छोरालाई कार्यवाही भएन

  • श्रावण १५, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,साउन १५ गते ।
कञ्चनपुर अस्पतालका स्वास्थ्यकर्मीको लापारवाहीका कारण एक १६ बर्षिया युवाको मृत्युभएपछि कञ्चनरुप नगरपालिकाले  उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने निर्णय सहित चारबुँदे सहमित गरेपछि आन्दोलन स्थगित भएको छ । आन्दोन स्थगित भएसँगै २४ घण्टापछि मृतकको शव पोष्टमार्डन गर्न अस्पतालबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

स्वास्थ्यकर्मीको लापारवाहीका कारण  सप्तकोसी नगरपालिका वार्ड न. ९ बस्ने राम देव खङ्गको छोरा वर्ष १६ को ओम प्रकाश कुमार खङ्गको मृत्यु भएपछि परिवार र कञ्चनरुपका राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले आन्दोलन गर्दै आएका थिए । पेट दुखेर खङ्गलाई विहान करिब ११ बजे खङ्ग्लाई कंचनपुर नगर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर अस्पतालले करिब ४ : ३० बजे मृत्यु भएको घोषणा गरेका थिए । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सर्वपक्षिय बैठकमामा मृतक परिवारलाई क्षतिपूर्ति वापत क्रियाखर्चका लागि ५१ हजार तत्काल र पछि कञ्चनरुप नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय गरेर ५ लाख दिने,उपचारमा संलग्न चिकित्सक लगायतका स्वास्थ्यकर्मीलाई तत्काल निलम्बन गरि पछि छानविन प्रतिवेदनको आधारमा कार्यवाही गर्ने,विज्ञ सहितको ७ सदस्य सर्वदलिय समिति गठन गर्ने र मृतकका शव परीक्षणको लागि पठाउने र दाहसंस्कारका लागि आफन्तलाई बुझाउने  निर्णय भएको छ । 

बैठकमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता,कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामसेवक यादब,सहसंयोजक डम्बर गुप्ता,जसपाका रामेश्वर यादब,जनमतका शिवनन्दन महतो,पीडितकातर्फबाट मोहम्द कलिम,अरुणकुमार यादब,भोला राउत सहभागि रहेका थिए । नेपाली काग्रेसका नगरसभापति एवं वडा नम्बर ८का अध्यक्ष कैलाश साह,वडा नम्बर ८का अध्यक्ष कृष्णा साहको उपस्थिति रहेको थियो । 

बैठकमा स्वास्थ्य शाखाका संयोजक रामसेवक यादबले डाक्टर उदयसिंह चौधरी सहितका स्वास्थ्यकर्मीहरुलाई अनुसन्धान नहुन्जेलसम्मका लागि निलम्बन गरिएको विज्ञप्ति पढेर सुनाएका थिए । उक्त विज्ञप्तिमा भोला पासवानले असहमति जनाएका छन् । खंगको उपचारमा अस्पतालका प्रमुख एवं मेयर भाई डाक्टर संजय गुप्ताको समेत संलग्नता रहेको पुष्टि भएपनि कार्यवाही नगरिएकोप्रति पत्रकार पासवानले आपत्ति जनाएका थिए । तर छानविन समितिको प्रतिवेदनका आधारमा कार्यवाही गर्ने भन्दै मेयर सहित स्वास्थ्य शाखा पन्छिएको छ । 

असंवेदनशील नगरप्रमुख ललन प्रसाद गुप्ताका कारण ८ घण्टाभन्दा बढी समय लाश अस्पतालमा राख्न बाध्य भएको र गन्ध समेत दिन थालिसकेका थिए । सर्वपक्षिय टिम र नगरप्रमुख गुप्ताबीच राती करिब ३ बजे नै माथि उल्लेखित चार बुँदामा सहमति भएको थियो । तर पीडित पक्ष घर गइसकेकोले विहान ७ बजे सहमतिलाई लिखित रुपमा लेखेपछि शव उठाउने कुरा थियो ।तर विहान नगरप्रमुख गुप्ताले अस्पतालमा सर्वपक्षिय बैठकमा नआएपछि मृतकको शव ८ घण्टा अस्पतालमा राख्नु परेको थियो ।

नगरप्रमुख गुप्ताले सप्तरीका प्रमुख जिल्लाअधिकारी (सिडियो) कार्यालयमा सहमति गर्ने अडान राखेको थियो तर राजनीतिक दलहरुले सहमति कञ्चनपुरमै गर्ने भनेपछि बाध्यभएर २ बजे इप्रका कञ्चनपुरमा बैठक भएको थियो । स्थानीय यूवाहरुले आईतबार राति  र सोमबार विहान नगरप्रमुख ललन प्रसाद गुप्ता र स्वास्थ्यकर्मीको विरुद्धमा नारावाजी गरेका थिए । सोमबार विहान अवस्था तनावग्रस्त भएपछि प्रहरीले आस्रुग्यास प्रहार गरेका थिए । तर कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले मृतक परिवारलाई साथ र सहयोग गरेकाले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया