कञ्चनरुप सामुदायिक विकास केन्द्र द्वारा ३ हजार ५ सय वृक्षारोपनको लक्ष्य, ईलाका प्रहरी कार्यालय ठेलियामा २ सय वृक्षारोपन

  • श्रावण २0, २0८0
  • 0
...

सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलिया स्थित कञ्चनरुप सामुदायिक विकास केन्द्र द्वारा ३ दिने वृक्षारोपन कार्यक्रम संचालन गरेको छ ।
शुक्रवार कञ्चनरुप सामुदायिक विकास केन्द्र कञ्चनरुप नगरपालिका ११ सिमराको अध्यक्ष विध्यानन्द रायको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाकी उप नगर प्रमुख मुना कुमारी पोखरेलको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय ठेलियाको कमपाउन्डमा २ सय बोट विरुवा वृक्षारोपन गरी संचालन गरेका छन । 
प्रमुख आतिथ्यको आसनबाट बोल्दै नगर उप प्रमुख पोखरेलल यो वृक्षारोपन मात्र फलका लागि मात्र होईन जन्मीदा पनी हामीले काठ चाहिन्छ र मरदा पनी हामीले काठ चाहिन्छ,र हाम्रो मात्र होईनकी यो विश्व भरिनै रहेको बताईन ।
उनले भनीन वृक्षारोपन गर्दा जती विरुवामा हाङ्गाहरु फैलिन्छन  त्येतिनै हाम्रा घरका सन्तानहरु फैलिने हुन्छन र खोला नाला साङ्गरो पार्ने यही वृक्षारोपनले नै हुने बताएकी छीन । 
उक्त वृक्षारोपन कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष ललित गोजेवार,जग्गा दाता श्रवण कुमार विष्ठ,ईलाका प्रहरी कार्यालय ठेलियाका प्र.ना.नि.डिकशेर राई,कञ्चनरुप नगरपालिकाको कार्यपालिका सदस्य शोभा पासवान लगायतको उपस्थिती रहेको कञ्चनरुप सामुदायिक विकास केन्दका अध्यक्ष विध्यानन्द रायले बताए ।
अध्यक्ष रायले भने हामीले तिन दिने वृक्षारोपन कार्यक्रममा  ३ हजार ५ सय विरुवा वृक्षारोपन गर्नु पर्ने लक्ष्य हरेको छ । उनले भने कञ्चनरुप न.पा. ३ बरमझिया र ठेलियाको स्वास्थ्य चौकीहरु लगायतको सार्वजनीक स्थलहरुमा वृक्षारोपन गर्ने बताएका छन ।

 

प्रतिक्रिया