कञ्चनपुर अस्पताल घटनामा सिके राउतको प्रश्न के गरीबको जीवनको कुनै मोल छैन ?

  • श्रावण २१, २0८0
  • 0
...

कञ्चनपुर,साउन २१ गते ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले कञ्चनपुर अस्पताल उपचारको क्रममा एक युवाको मृत्यु घटनामा  चासो राख्दै के गरीबको जीवनको कुनै मोल छैन ? भनी प्रश्न गरेका छन् ।

अध्यक्ष राउतेले समाजिक संजालमार्फत घटनाबारे चासो लिदै सामन्ती र सत्ताधारीले ज्यानै मार्ने गरी आक्रमण गरे पनि न्याय दिलाउनका लागि जनमत पार्टी पछि नहट्ने जनाएको छ ।

सप्तरीको कञ्चनपुर नगर अस्पतालमा करीब १० दिन अगाडि ३जनमत ३पार्टीका कार्यकर्ताहरूले  म्याद गुज्रेका औषधीहरू भारी संख्यामा बरामद गरेका थिए र सो ३म्याद ३गुज्रेका औषधीहरू प्रयोग नगर्न र फाल्न दबाब दिएका थिए। तर त्यहाँको नगर प्रमुख, चिकित्सक र समितिको राजनैतिक संरक्षणमा सो फालिएन र म्याद गुज्रेका औषधीहरू अस्पतालमा प्रयोग भइराख्यो । अध्यक्ष राउतले समाजिक संजालमा त्यसको केही दिन पछि, सामान्य उपचार गराउन गएका सप्तकोशी न.पा. ९ कमलपुरका ३ ओमप्रकाश खंगको म्याद गुज्रेका औषधी (सूई) प्रयोग भएको कारणले श्रावण १४ गते  रगत छादेर मृत्यु भएको जनाएको छ ।

डाक्टर राउतले मृत्यु हुनेबेलामा नगरप्रमुख त्यही अस्पतालकै बैठकमा थिए र ती विरामीलाई छटपटाइ मरिरहेको देखेर मृत्यु हुनुभन्दा ५–७ मिनेट अगाडि त्यहाँबाट भागेका थिए। मृत्युपछि स्थानीय जनता विरोधमा ओर्लेपछि त्यहाँको नगरप्रमुखले त्यसलाई ढाकछोप गर्न प्रहरी प्रशासनसँग मिलेर स्थानीय जनतामाथि व्यापक दमन गर्न लगाए र अझै पनि फरार छन् । 

अध्यक्ष राउतले त्यतिमात्रै नभएर गरीब निमुखालाई न्याय दिलाउन र म्याद गुज्रेका औषधी प्रयोग नगर्न दबाब दिन नेत्तृत्व गरिरहेका स्थानीय नेता र प्रदेशसभा सदस्य प्रत्यासी शिवनन्दन मेहतामाथि घेरा हालेर भौतिक आक्रमण गराउन खोजियो, अपहरण गराएर मारिदिन्छु भनेर पटक पटक धम्की दिँदै आएको छ ।  तर सामन्ती र सत्ताधारीले ज्यानै मार्ने गरी आक्रमण गरे पनि न्याय दिलाउनका लागि जनमत पार्टी पछि हट्ने छैन र न्याय दिलाएरै छाड्ने उल्लेख गरेको छ ।

अस्पतालमा खंगको मृत्यु भएपछि घटना छानविन गर्न सर्वदलिय समितिले अनसन्धान सुरु गरेको छ । जनमत पार्टीका नेता इन्द्रदेव कडौगियाको संयोजकत्वमा गठित समितिले पहिलो चरणमा उपचारमा संलग्न स्वास्थ्कर्मीसँग सोधपुछ गरिरहेका समितिका सदस्य एवं जसपाका जिल्ला सदस्य रामेश्वर यादबले बताए ।

 

प्रतिक्रिया