किशोर पासवान
कञ्चनपुर,२१ गते । कञ्चनरुप नगरपालिकाले अवैध रुपमा संचालन भएको क्लिनिकहरुको अनुगमन सुरु गरेको छ ।
विभिन्न संचारमाध्यममा कञ्चनरुप नगरपालिकाभित्र अवैध रुपमा क्लिनिक संचालनमा रहेको र भिडियो एक्स रे गर्ने गरेको समाचार प्रकाशित भएपछि कञ्चनरुप नगरपालिकाले आईतबार दुई ओटा स्वास्थ्य संस्थामा अनुगमन गरेको हो ।
पोली किल्निकहरुको अनुगमन गर्दा एक किल्निकको प्रमुख प्रशासकीय अधिकृतद्वारा बन्द गर्न निर्देशनसंगै स्वास्थ्य शाखा कञ्चनपुरमा ४ वटा किल्निकको मात्र नवीकरण गराएको तथ्य बाहिरीएको छ ।
आईतवार सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेको नेतृत्वमा अबैधरुपमा संचालन पोली किल्निकको अनुगमन गर्दा कञ्चनपुर बेरियरमा रहेको सुदामा फार्मेसी र चाँदनी चौकमा रहेको आरती मेडिकल हलसंगै यूनिक उपचार किल्निकमा अनुगमन गर्दा युनिक उपचार क्लिनिकलाई बन्द गर्न निर्देशनदिएको छ ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक डम्बर प्रसाद गुप्ताको क्लिनिकमा कुनै अवैध काम नभएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । उनले भने,‘विभिन्न संचारमाध्यम स्वास्थ्य शाखाका सह संयोजकले नै अवैध रुपमा भिडियो एक्स—रे गरीरहेको भन्ने विषयमा अनुगमन गर्दा त्यस्तो केही पाइएन ।’
हाल स्वास्थ्य शाखा कञ्चनपुरमा ४ वटा किल्निकको मात्र नवीकरण गराएको स्वास्थ्य शाखा कञ्चनपुरका संयोजक रामसेवक यादवले जानकारी दिएका छन । स्वास्थ्य शाखा अधिकृत यादवका अनुसार एमडी हेल्थ केयर,धर्मेश्वर हस्पिटल,कञ्चन हेल्थ किल्निक र मारा मौसका बन्दरैत टोलले मात्र नवीकरण गरेको छ जस मध्ये २ वर्ष देखि कृति हेल्थ केयर रुपनगरले नविकरण नगरेको बताए ।
कञ्चनपुर चाँदनी चौकमा रहेको आरती मेडिकल हलसंगै यूनिक उपचार क्लिनिकलाई सम्मपूर्ण कागजात लिएर नगरपालिकाको कार्यालयमा २४ घण्टाभित्र ल्याउन र सम्मपूर्ण कागजात नदेखाएसम्म क्लिनिक बन्द गर्न निर्देशन दिएको छ ।
यूनिकले अरुको दर्ता प्रमाण लिएर क्लिनिक संचालन गर्दै आईरहेकोले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा सम्मपूर्ण प्रमाण पत्र नल्याएसम्मका लागि बन्द गर्न निर्देशन दिएको घिमिरेले बताए ।
उनले भने कञ्चनरुप नगरपालिकाको कञ्चनपुर बेरियर,बजार,बलुवा चौक,बरमझिया,रुपनगर,सीमरा, लगायतको ठाउँहरुमा अबैधरुपमा रहेको क्लिनिकहरुलाई अनुगमन गरी अवैध रहेको पाइएकोमा कारवाही गर्ने बताए ।
उक्त अनुगमनमा कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरे,प्रशासकीय अधिकृत नवराज खडका,कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरका संयोजक रामसेवक यादव,जनस्वास्थ्य निरीक्षक विकाश कुमार गुप्ता र संचारकर्मी लगायतको अनुगमन टोली हरेको अधिकृतले जानकारी दिए ।
प्रतिक्रिया