किशोर पासवान
कञ्चनपुर,साउन ३० गते ।कञ्चनरुप नगरपालिकाले नगरस्तरीय योजनाबाट करिब ५० लाखको लागतमा जडान गरिएको स्ट्रिट लाईटको पोल महिना नबित्दै गुणस्तर हिन भएको पाइएको छ ।
क्ञ्चनरुप बजारदेखी बेरियरसम्म रेलिङ्ग र स्ट्रिट लाईटका लागि ८८ लाख बजेट बिनयोजन भएको थियो । उक्त कार्य असारको अन्तिम साता उपभोक्ता समिति मार्पmत काम सुचारु ग्रिएको थियो । श्यामसुन्दर प्रसाद गुप्ताको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले रेलिङ्गको काम नगरी स्ट्रिट लाईटकाको काम गरेको थियो ।
बजारदेखी बेरियरसम्म स्ट्रिट लाईटका लागि जडान गरिएको पोलमा एक महिना नबित्दै खियाँ लागेपछि चौतर्फी बिरोध सुरु भएको छ । स्टीमेट अनुसार काम नभएपछि चौतर्फी बिरोध सुरु भएको हो । उपभोक्ता समितिका सदस्य उमेश रौनियारले भने, ‘५ बर्षअघि नै सोलारबत्तीका लागि गाडिएको पोल जस्ताको त्यस्तै रहेको भएपनि ८८ लाख खर्चेर गाडिएको पोलमा बत्ति नबल्दै खियाँ लागेको छ । ’ उपभोक्ता समितिका सदस्यहरु समेतले स्टीमेट हेर्न नपाएको भन्दै सदस्य गुप्ताले काम नसकिदै सेटिङ्गमा चेक काट्न सबै प्रक्रिया पुर्याइएको छ । सदस्य गुप्ताले भने, ‘हामी सदस्यहरु अव कामबारे सूचना लिन निवदेन दिन्छौं ।’
उपभोध्mा समितिका अध्यक्ष पदका दावेदार बिरु ग्ुप्ताले यसअघि संचारमाध्यमा उक्त कार्यमा १६ प्रतिशत कमिशनको खेल भएको भन्दै समिति विरुद्ध निवेदन दिएका थिए ।
सामाजिक अभियन्ता रोशन राज ठाकुरले काम पुरा नहुदैँ असार मसान्तमा भुक्तानीका लागि जनप्रतिनिधिहरुले दवाव दिएको तर खातामा पैसा नभएकोले भुक्तानी नभएको कुरा सुनिएको बताए । उनले भने, उपभोक्ता समिति गठन भएदेखी कामबारे सोधीखोजी गरेका छौं,तर न त कतै निमार्णस्थलमा बोर्ड छ,न त समितिकै सदस्यहरुलाई जानकारी । रहयो कुरा कामको गुणस्तरताको त्यो सबैले देखीसकेका छन् । ’
उपभोक्ता समितिका सचिव जीवन सिंहले स्टीमेट अनुसार काम नभएको पाइएमा सबै पोल चेन्ज गर्ने बताए । उनले भने,‘सुरुको २० वटा पोल राम्रो ल्याएपनि पछिबाट ल्याएका पोलहरुमा खियाँ लागेको छ ।
अहिलेसम्म भुक्तानी भएको छैन । पोलको काम गर्नेलाई हामीले बोलाएका छौं ।’ रेलिङ्ग र स्ट्रिट लाईट गरेर ८८ लाख बजेट रहेको भएपनि स्ट्रिट लाईटको काम गरेर करिब ५० लाख भुक्तानी माँग गरिएको भएपनि अहिलेसम्म भुक्तानी नभएको बताए ।
प्रतिक्रिया