फोहर व्यवस्थापनमा नगरप्रमुख गुप्ताको एक बर्ष : पहिलो बैठकको पहिलो निर्णय कार्यान्वयन भएन,मुख्य चौक दुर्गन्धित

  • श्रावण ३२, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर , साउन ३२ गते ।
कञ्चनरुप नगरपालिकामा निर्वाचित भएपछि नगरप्रमुख ललन प्रसाद गुप्ताले पहिलो बैठकबाट फोहर व्यवस्थापन गर्ने निर्णय गराएका थिए । तर एक बर्ष बित्दा समेत फोहोर व्यवस्थापनको कुनै टुङ्गो नलागेपछि अहिले मुख्य चौक फोहरले दुर्गन्धित छन् ।  

सप्तरीको कञ्चनरुप नगरपालिकाकै अगाडि फोहर थुप्रिएको महिनौ बित्दा पनी फोहर व्यवस्थापन गर्नमा सुस्त भए पछि कञ्चनपुर फोहरमै भएको छ । कञ्चनपुर बेरियर,बजार लगायत पालिका मूख्य चौक फोहरले दुर्गन्धित छन् । 

कञ्चनरुप नगरपालिकाले एक महिना देखि नगरका विभिन्न ठाउमा फोहर ओर्सान तथा व्यवस्थापन गर्न सुस्त भएपछि दुर्गन्धमै भएको कञ्चनपुर बेरीयर स्थानिय व्यापारीहरुको गुनासो रहेका छन् । कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेले फोहर व्यवस्थापन शाखाका अशोक केसीलाई फोहर व्यवस्थापन गर्नका लागि जाँचबुझ गरी ब्यवस्थापन गर्नका लागि निर्देशन दिएका थिए । फोहर व्यवस्थापन शाखाका अशोक केसीले  फोहर व्यवस्थापनका कुरा मैले कति पल्ट कार्यपालिकामा राखेता पनी कसैले ध्यान नदिएको बताए । केसीले भन,‘ एक वर्ष अगाडी वडा नं. ९ मा फोहर व्यवस्थापनका लागि हामीले व्यवस्था गरीएका थिए तर स्थानियहरुले बिरोध गरेपछि व्यवस्थापन गर्न छोडिएको थियो, त्यस पछि कञ्चनपुर बजारमा केहि दिन फोहर फयाक्ने गरिएकोमा त्यहा पनि रोक लगाएको छ ।’ 

कञ्चनरुप वडा नं. ११ फोहर व्यवस्थापनकालागि डिपिआर तयार गरेको छ तत्काल कुनै ठाउमा हामी व्यवस्थापन गर्ने केसीले बताए । फोहर मैला पmयाक्ने एक जनाका अनुसार लगभग एक महिना देखि हामी फोहर फयाक्न गएका छैनौं, नगरपालिकाले फोहर व्यवस्थान गर्ने ठाउ उपलब्ध नभएकाले हामीलाई निर्देशन नदिएको हुन सक्ने ती कर्मचारीले बताए । कञ्चनपुर हटियाको एक व्यपारीले जुन ठाउमा पसल लगाउने गरेको छ त्यही ठाउमा फोहर थुपारीएर राखिएको अवस्था रहेकोप्रति त्यसतर्फ  नगरपालिको ध्यान नगएको गुनासो गरे ।

प्रतिक्रिया