फत्तेपुर, असाेज ५ गते । पाँचौ संविधान दिबश को अबसरमा सप्तरीको सप्तकोसी नगरपालिका फतेपुरमा संचालित दोस्रो सप्तकोसी नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल शुक्रबार सम्पन्न भएको छ।
बहुउपयोगी कभर्डहल निर्माण समिति को आयोजना मा असोज १गते देखि ३ गते सम्म संचालित प्रतियोगितामा सप्तकोसी नगरपालिका का १३ जोडी खेलाडी हरुले सहभागीता जनाएको प्रतियोगिताको फाइनल खेलमा डिभिजन ए तर्फ खगेन्द्र कार्की जोडी बिष्णु भक्त मगरको जोडीले आशिष पोखरेल जोडी जय लामा को जोडी लाई २–० को सोझो सेटमा २५–२३ र २३–२१ को अन्तरले पराजित गर्दै प्रथम भएकाछन प्रतियोगिता ए तर्फ बाट जय लामा जोडी आशिष पोखरेल दोस्रो किरण भट्टराई जोडी केशव कार्की तेस्रो भएका छ्न।भने डिभिजन द्य तर्फ भुपेन्द्र पौडेल र श्याम श्रेष्ठ को जोडीले रमेश पौडेल र बालकृष्ण घिमिरेको जोडीलाई २१–१९,२१–१९ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छ्न बालकृष्ण घिमिरे जोडी रमेश पौडेल दोस्रो र कालुराम बिष्ट जोडी प्रचण्ड बिष्ट तेस्रो भएका छ्न।प्रतियोगितामा डिभिजन ए र बि दुबै तर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरु लाई क्रमशः ९५००,५००० र ४००० नगद ,ट्रफ्री र प्रमाणपत्र दिइने भएको छ।
प्रतियोगितामा प्रथम ,दोस्रो,तेस्रो हुने खेलाडी हरुलाइ आश्बिन ११ गते एक कार्यक्रम को आयोजन गरि पुरस्कार बितरण गरि प्रतियोगिता तयारी समिती का संयोजक दिपक कुमार खड्काले जानकारी दिए।
प्रतिक्रिया