सुसिन्द्र पासवान
कञ्चनपुर,साउन ३२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका बैरवा र बरमझियामा लागुऔषधको कारोबार भइरहेको पटक पटक सार्वजनिक हुदैँ आएका छन् । यसअघि कोरेक्स लगायत लागुऔषधको कारोबार भइरहेको पाइएपनि पछिल्लो पटक ब्राउनसुगर समेतको कारोबार भइरहेको तथ्य सार्वजनिक भएको छ ।
कञ्चनरुप नगरपालिका १ बैरवा स्थित पुर्व पश्चिम लोकमार्गमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र. २–०१–००१ प ३२६२ नं. को मोटरसाइकललाई शंका लागि जाँच गर्दा ब्राउन सुगर फेला परेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीका प्रमुख डिएसपी दिपककुमार रायका अनुसार करिब ३ बजेको समयमा मोटरसाइकलमा सवार सप्तरी तिरहुत गा.पा. १ बस्ने बर्ष २२ को राधेश्याम साहलाई चेकजाँच गर्दा निजको पैन्टको खल्तिमा रहेको कालो प्लाष्टिमा ब्राउन सुगर जस्तो देखिने १ ग्राम ३५ मिलि ग्राम बरामद गरीएको बताए ।
डिएसपी रायका अनुसार पक्राउ परेका साह र मोटरसाइकल सहित नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थपगरि कार्यवाही अघि बढाइएको छ ।
प्रतिक्रिया