कञ्चनपुर , साउन ३२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको पूर्व मेयरकै पालामा एक वर्ष अगाडि बनाएको फर्निचर (डेक्स ब्रेन्च) एक बर्ष बित्दा समेत प्रयोग नभएको कुरा अवलोकित दैनिकले उठाएपछि प्रयोगमा ल्याउन पहल भएको छ ।
कञ्चनरुप नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत पुरुषोत्तम घिमिरेद्वारा निरिक्षण गरी स्वास्थ्य चौकी तथा हस्पिटलहरुमा लगाउने स्वास्थ्य शाखालाई निर्देशन दिएका छन । अवलोकित दैनिकका पत्रकार किशोर पासवानको गुनासो पछि पूर्व मेयर बसन्त कुमार मिश्रका्े पाला देखि कञ्चनपुर कटियामा बनाएर राखिएको डेक्स बेन्च कञ्चनरुप नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत पुरुषोतम घिमिरेद्वारा निरिक्षण गरी स्वास्थ्य शाखालाइ स्वास्थ्य चौकी तथा हस्पिटलहरुमा लगाउने निर्देशन दिएका हो ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बनाएर राखिएको स्थलगत निरिक्षण गरी निरिक्षण स्थलमा रहेको प्रसाशकीय अधिकृत नवराज खडकालाई स्वास्थ्य शाखालाई जानकारी गराई आईतवारसम्मा स्वास्थ चौकी तथा हस्पिटलहरुमा लिएर जाने समेत निर्देशन दिएका थिए । अधिकृत घिमिरेले हटियाको ब्लक घरमा भाडा नतिरी ओगटीएर राखिाएको टेन्ड सामग्रीहरु समेत हटाउने निर्देशन दिएका छन् ।
प्रतिक्रिया