कञ्चनपुर । कञ्चनरुप नगरपालिकामा मंगलबार जनमत पार्टीको भातृ संगठन यूवा जनमत संघको नगर अध्यक्षमा अफाग हकको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ ।
जनमत पार्टीका कञ्चनरुप नगरपालिकाका नगरअध्यक्ष अनिल पंजियारको अध्यक्षता र केन्द्रिय प्रवेक्षक एवं केन्द्रिय सदस्य शिवनन्दन महतोको प्रमुख आथित्यतामा युवा भेला समपन्न भएको छ । भेलाले युवा जनमत संघको सदस्यहरुमा विजयकुमार सहनी,राजकुमार यादब,मनोज साह र संजय दास लगायत ११ सदस्य समिति गठन भएको छ । कार्यक्रममा नगरभरी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया