राजविराज । पत्रकार सौरभ यादवसंग हातपात गर्ने स्थानीय बब्बु भनिने आलोककुमार यादव र लड्डु यादवले माफी मागी मागेका छन् ।
मंगलवार कुटपिटमा संलग्न भएकाहरुको परिवारको आग्रहमा नेपाल पत्रकार महासंग शाखा सप्तरीले पहलकदमी लिंदै छलफलमा स्थानीय बब्बु भनिने आलोककुमार यादव र लड्डु यादवले आफु वाट गलित भएको अव देखि एस्तो घटना नहुने माफी मागेको हो ।
त्रुटीपूर्ण उक्त घटना भएको भन्दै आत्मालोचना गर्दै आगामी दिनमा पत्रकार सौरभ यादवसँग एक आपसमा भाइचारा सम्बन्ध राख्दै यस्ता घटना नदोहोरिने भनि प्रतिबद्धताकासाथ पत्रकार महासंघका पदाधिकारी तथा अभिभावकहरुको रोहवरमा मिलापत्र भएको नेपाल पत्रकार महासंगका सचिव राम नारायण बिश्वासले जानकारी दिए । गत शनिवार पत्रकार सौरभ यादवमाथि राजविराज स्थित राजदेवी चौकमा बोलाए दुई जनाको समूहले हातपात गरेको थियो
प्रतिक्रिया