कञ्चनपुर ,भदौं ६ गते ।
कञ्चनरुप नगरपालिकाले कार्यपालिकाको निर्णय बेगर नै वडा कार्यालयको बजेट तोकेपछि वडाअध्यक्षहरु आपत्ति जनाएका छन् ।
कञ्चनरुप नगरपालिकाले सोमबार सबै वडालाई आव २०८०÷०८१को बजेट तथा मार्गदर्शन भन्दै वडा सिलिङ्ग तोकेर पठाएपछि वडाअध्यक्षहरुले आपत्ति जनाएका छन् । कञ्चनरुप नगरपालिकामा वित्तिय समान्यकरण अनुदानतर्फ कुल १६ करोड बजेटमध्ये १२ वडालाई ७करोड दिएर ९ करोड बजेट नगरस्तरीय योजनामा राखेपछि वडाअध्यक्षहरुले सोमबारको कार्यपालिका बैठकमा बिरोध जनाएका हुन् ।
कञ्चनरुप नगरपालिका १२का वडाअध्यक्ष देवीबहादुर खत्रीले ६ बर्षको आफनो कार्यकालमा कहिले पनि नगरपालिकाले कार्यपालिकाको निर्णय विना वडासिलिङ्ग तय गरेको थिएन । तर यो पटक सिधै वडासिलिङ्गको रकम तोकेर पठाइएको छ भने कार्यपालिका बैठक राख्नुको औचित्य के ? भन्दै प्रश्न गेका थिए ।
कञ्चनरुप नगरपालिका १का वडाअध्यक्ष रब्बान खाँनले पनि कार्यपालिकाको बैठकको निर्णय बेगर नै वडासिलिङ्ग तोक्नुले पालिका अझै पेलेर जाने मुडमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ नगरपालिकाको बैठक राखेको दिन वडासिलिङ्ग पठाइएको छ,विकास भनेको वडाबाटै हुने हो । ७० प्रतिशत बजेट वडामा दिएर ३० प्रतिशत बजेट नगरमा राख्नुपर्नेमा उल्टो काम पालिकाले गरेको छ,हामी यसको बिरोधमा जान्छौं ।’
कञ्चनरुप नगरपालिकाले चालु आवको बजेट गत असार १० गते नगरप्रमुख ललनप्रसाद गुप्ताले पेलेर ल्याउन खोजेका थिए तर बहुमत नगरसभा सदस्यहरुले वहिष्कार गरेपछि स्थगित भएको थियो । स्गथगित भएको नगरसभालाई नै बहुमत पुर्याएर सदर गर्ने नगरप्रमुख गुप्ताको प्रस्ताव पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले अस्वीकार गरेपछि कार्यपालिकाको बैठकले अगामी भदौ २७ गते नगरसभाको समय तोकेको छ ।
प्रतिक्रिया