कञ्चनरुपमा सबैभन्दा बढी बजेट वडा नम्बर ८ मा ९० लाख र सबभन्दा कम १०मा ५२लाख

  • भाद्र ७, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर, भदौं ७ गते ।  कञ्चनरुप नगरपालिकाले योजना तर्जुमाका प्राथमिकता निर्धारण गरेर वडा कार्यालयहरुलाई बस्तीस्तरबाट योजना छनौट गरेर पठाउन निर्देशन दिएको छ । 
स्थानीय सरकार संचालन ऐन २०७४को परिच्छेद ६ दफाा २४(३) बमोजिम कञ्चनरुप नगरपालिकाले योजना तर्जुमाका प्राथमिकता निर्धारण गरेर वडा कार्यालयहरुलाई बस्तीस्तरबाट योजना छनौट गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले वडाको सिलिङ्ग तोकेर योजना निमार्ण गर्दा स्थानीय सरकार संचालन ऐन अनुसार प्राथमिककीकरण गर्न निर्देशन दिएको हो । कञ्चनरुप नगरपालिकाको १२ वडा कार्यालयमध्ये सबैभन्दा बढी बजेट वडा नम्बर १२मा ९० लाख र सबभन्दा कम ५२ लाख बजेट विनयोजन गरिएको पाइएको छ । 
कञ्चनरुप नगरपालिकाले योजना तर्जुमाका प्राथमिकता निर्धारण गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,जनताको जीवनस्तर,आम्दनी र रोजगार बढ्ने,स्थानीय बासिन्दाहरुको सहभागिता जुट्ने स्वंयसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,स्थानीय श्रोत,साधन, र सीपको अधिकतम प्रयोग हुने,महिला,बालबालिका तथा पिछडिएको वर्ग,क्षेत्र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,लैङ्किक समानता र समाजिक समावेशीकरण अभिबृद्धि हुने,दिगो विकास,वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउने पु¥याउने र भाषिक तथा सांस्कृतिकपक्षको जगेर्ना र समाजिक सद्भाव तथा एकता अभिवृत्तिमा सघाउँ पुर्याउने योजनालाई प्राथमिकता दिने निर्देशन दिएको छ । 

प्रतिक्रिया