जनप्रतिनिधिको गुनासो ः कञ्चनपुर नगर अस्पतालमा अप्रेशनको टाका काट्ने सिजर उपलब्ध छैन

  • भाद्र ८, २0८0
  • 0
...

किशोर पासवान
कञ्चनपुर,भदौं ८ गते ।  कञ्चनपुर नगरअस्पतालमा अप्रेशनको टाका काट्ने सिजर समेत नभएको भन्दै कञ्चनरुप नगरपालिका एक जना जनप्रतिनिधिले कञ्चनरुप नगरपालिका नगरप्रमुखल ललन प्रसाद गुप्ताले नाम र पहिचान कायम गर्न मात्रै प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई नगर अस्पताल बनाइएको आरोप लगाएका छन् ।
कञ्चनरुप नपा १०का वडासदस्य अवद्येश मुखियाले प्राथमिक स्वास्थ्य केन्द्रलाई कञ्चनपुर नगर अस्पतालको बोर्ड मात्रै फेरिएको बताउँदै सेवामा कुनै परिर्वतन नभएको बताए । उनले भने,‘बितेको साउन २१ गते मेरो पत्नीको पित थैलीको अप्रेशन धरानमा भएको थियो । डाक्टरले कुनै समस्या भएमात्रै आउनु नभए नजिकको स्वास्थ्य संस्थामा गएर टाका कटाउन भन्नुभएका थियो । ’ वडासदस्य मुखियाले भने,‘म कञ्चनपुर नगर अस्पतालमा पुर्जा कटाएर टाका कटाउन जादा स्वास्थ्यकर्मीले टाका काट्ने उपकरण नभएकोले अर्कोदिन आउन भने,म अर्कोदिन जादा उपकरण नभएको र टाका काट्न समेत नसक्ने जानकारी दियो ।’ मैले अस्पतालको प्रशासन हेर्ने श्यामसुन्दर साहलाई गएर भने उहाँ आफै आएर टाका काट्ने औजार दिएको थियो के भयो भनेर सोध्दा हराई सकेको जवाफ दिएको थियो ।’ 
वडासदस्य मुखियाका अनुसार अस्पतालमा आधारभूत सेवा पनि उपलब्ध नभएको बताए । उनले भने,‘अरुले भन्दा म पत्याएको थिइन तर जव आफै सेवा लिन पुगे त्यसपछि थाह भयो अस्पतालमा कति लापारवाही हुन्छ ।’ कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुले अव नगर अस्पतालमा सेवा लिनुपर्छ अनि मात्रै थाह हुन्छ यहाँको अवस्था के छ ? वडा सदस्य मुखियाले भने, ‘ जनप्रतिनिधिहरु नै सेवा लिन जादा अवस्था भयावह रहेको छ भने सर्वसाधरण उपचार गर्न जादाको अवस्था के हुन्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ । 
केहीदिन अघि मात्रै कञ्चनपुर नगर अस्पतालले २४ घण्टा सेवा दिन अस्पताल तत्पर रहेको जनाएको थियो ।
कञ्चनपुर नगर अस्पतालको प्रशासन र ब्यवस्थापनको लापरबाहीको भिडियो खिच्न जादा सामाजिक अभियान्ता रोशन राज ठाकुरलाई त्यहाँ कर्मचारीले रोकेको थियो ।  ठाकुरले फितलो ब्यवस्थापन र अस्पताल इन्चार्ज, प्रशासनको लापरबाही गर्ने  कर्मचारीलाई अस्पतालबाट यति घटना घट्दा समेत पनि  सरुवा किन नभएको ? प्रश्न गरेका छन् ।
बितेको साउन १४ गते  सप्तकोशी नगरपालिकाका ओम प्रकाश खंगको अस्पताल कै लापरबाही कै कारण मृत्यु भएको गम्भीर आरोप लागेपछि अहिले सर्वदलीय समितिले घटनाको छानविन गर्दैछन् । तर अस्पतालमा सिजर न भएको कारण विवाद भएको थियो । जनताको भीडलाई नियन्त्रण र १० न.वार्ड सदस्य जनप्रतिनिधीको गुनासो न.पा उपप्रमुख मुना पोखरेलको ध्यानाकर्षण गराएका थिए त्यसपछि उपप्रमुख पोखरेलले अब आगामी दिनहरुमा यस्तो समस्याहरू लाई सुधारेर लैजाने प्रतिवद्ताको गरेका थिए ।
 

प्रतिक्रिया