सहयोगीका सदस्य स्वर्गिय जयकान्त गोइतको सम्झनामा श्रदाञ्जली कार्यक्रम

  • भाद्र १२, २0८0
  • 0
...

कञ्चनपुर,भदौं १२ गते ।
सहयोगी बचत तथा ऋण सहकारी संस्था कञ्चनरुप नतरपालिका – ८ का सदस्य स्वर्गिय जयकान्त गोइतको सम्झनामा श्रदाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएका ७९बर्षिया जय कान्त प्रसाद गोईतको बितेको भदौं १गतेका दिन निधन भएको थियो । सर्वोदय माबिका पूर्व शिक्षक गोईत  सहयोगी साकोसबाट सदस्य समेत रहेकाले  स्वर्गिय जय कान्त प्रसाद गोईतको परिवारलाई क्रियाखर्च बापत २५ हजार रकम समेत परिवारलाई हस्तान्तरण गरिएको थियो ।

 श्रद्धाञ्जली कार्यक्रममा संस्थाका अध्यक्ष अनोज कुमार यादवले गोइतको निधन शिक्षा क्षेत्रमा अपूर्णिय क्षति भएको बताए । सहयोगीलाई समेत नजिकबाट हेरेर सुझाव दिने स्वर्गिय गोइतको श्रदाञ्जली कार्यक्रममा संसथाका उपाध्यक्ष सन्जय कुमार खडगा , सद्स्य महेश कुमार गुप्ता, निरोज कुसियैत यादव ,व्यवस्थापक बिनोद कुमार दास, समाजसेबी बुद्धीसागर चौधरी, प्रताप कुमार साह  लागायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहयोगीले आफनो सदस्यहरुको मृत्यु भएको खण्डमा निजको परिवारलाई २५ हजार क्रिया खर्च सहयोग गर्दै आइरहेका छन् ।
 

प्रतिक्रिया