किशोर पासवान
कञ्चनपुर,भदौं १२ गते ।
युवा जनमत संघ कञ्चनरुप नगर कमिटीका यूवाहरुले एक जना महिलासँग झुक्याएर कपाली कागज बनाएर वडाबाट प्रमाणित गरेको घटनाको भण्डाफोर गरेको छ ।
कञ्चनरुप नगरपालिका ६की हजरुम खातुनसँग कञ्चनरुप नपा ६ कै जिब्रिल हक(कम्पोटर)ले ५ लाखको कपाली कागजात गरि वडा कार्यालयबाट २०७९ साल असोज ४ गते प्रमाणित गराएका थिए । कञ्चनरुप नगरपालिका ६का वडाअध्यक्ष बच्चुलाल चौधरीले कपाली कागज प्रमाणित गरेका थिए ।
पीडित महिलाको घरासी मुद्दामा जिब्रिलले सहयोग गर्दै आइरहेकोमा झुक्याएर हजरुम खातुनसँग कपाली कागजमा सहीछाप गराएका थिए । उक्त कपाली कागजबारे वडा कार्यालयका एक जनाले पीडित महिलालाई खवर गरेपछि उक्त कुरा बुझन खातुन वडा कार्यालय गएकी थिइन तर झुक्याएर कागज गराउने जिब्रिलले उल्टै थर्काएर पठाएका थिए ।
पीडित महिलाले उक्त घटना युवा जनमत संघ कञ्चनरुप नगर समितिका अध्यक्ष अफाक हकलाई लिखित रुपमा जानकारी गराएका थिए । युवा जनमत संघका यूवाहरुले वडा कार्यालयमा मंगलबार पुगेर सोधी खोजी गर्दा उक्त कागजात फर्जी रुपमा तयार पारिएको तथ्य प्रमाणित भएको थियो । युवा जनमत संघका कञ्चनरुप नगरअध्यक्ष हफाक हकका अनुसार झुक्याएर गराइएको कपाली काजजात वडा कार्यालयमा वडाअध्यक्षको रोहवरमा च्यातिएको र वडाअध्यक्ष समेतले अवका दिनमा पैसा लिने र दिने दुवै पक्षलाई राखेर मात्रै कागजात प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
युवा जनमत संघ कञ्चनरुपका युवाहरु मनोज साह,लाल महम्मद,मोहम्मख सदाम लगायतका यूवाहरुलाई पीडित महिलाले धन्यवाद दिएका छन् । कञ्चनरुप नगरपालिकामा भइरहेको ठगी र अन्याय अत्यारका विरुद्ध युवा जनमतसँगको प्रतिबद्ध भएर नगर संयोजक अफाक हकले बताए ।
कपाली कागजमा साक्षी राखेका कञ्चनरुप ६कै समशुल मिया र वडा नम्बर १२का मस्तकिम मियाँ समेतलाई जानकारी नभएको जनाएको थियो । मुलकी अपराध संहिता २०७४ पछि ५० हजारभन्दा बढीको कपाली कागज वडा कार्यालयमा प्रमाणित गर्नुपर्ने व्यवस्था छ । वडा कार्यालयमा कपाली कागज प्रमाणित गर्दा पैसा लिने र दिने दुवैको उपस्थिती अनिवार्य गरिएको छ ।
प्रतिक्रिया