अग्रज पत्रकार हजारीको निधन

  • आश्विन ७, २0७६
  • 0
...

राजकुमार पासवान
कञ्चनपुर,असोज ७ गते ।
सप्तरीको कञ्चनरुप न.पा. ३ स्थित बरमझिया निवासी सप्तरीका अग्रज पत्रकार ७६ बर्षीय हजारीप्रसाद सुमन आईतवार विहान निधन भएको छ ।
    पत्रकारीताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलिय प्रजातन्त्रका लागि अथक योगदान पु¥याएका प्रजातान्त्रीक योद्धाहरु मध्यै एक श्रद्धेय सुमन सप्तरीको पत्रकारीता जगतका लागि पनि ईतिहास पुरुष रहेको सप्तरी वरिष्ठ पत्रकारहरुको भनाई छ ।
    लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सुमन मध्यम वर्गिय परिवारवाट भएपनि त्यतिवेला स्नातकको पढाई गरि उनले जागिर वा व्यापार तर्फ लाग्नु भएन पत्रकारीता क्षेत्र रोजी सोही माध्यमबाट बहुदलिय प्रजातन्त्रका लागि अनवरत संघर्षरत गरिरयिौं ।
    विक्रम सम्बत २०२४ सालमा जेल परेका सुमन आन्दोलनका क्रममा पटक पटक जेल जिवन विताउनु भएको छ । मुलुकमा बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात नेपाली काँग्रेससँग आबद्ध हुनुभएका सुमन सप्तरीको बरमझिया गाविसका गाविस अध्यक्ष समेत निर्वाचित हुनु भएको थियो । पछिल्लो लामो समय देखि उहाँ हृदय रोगवाट ग्रसित हुनुहुन्थ्यौ     ।
    नेपाली काँगे्रस निर्वाचन क्षेत्र १ का क्षेत्रीय सभापती ललन गुप्ताले भने पार्टी भित्र सुमनको महत्वपुर्ण योगदान रहेको बताए । सभपाती गुप्ताले भने“नेपाली काँगे्रसको मार्गदर्शक नेता गुमेको दुख प्रकट गरिएको बताए ।   
    यता कञ्चनरुप नगरपालिका वडा नम्बर ३ निवासी सप्तरीका अग्रज पत्रकार हजारीप्रसाद सुमनको २०७६ भदौ ५ गते आईतवार विहान भएको असामयिक निधनले नेपाल पत्रकार महासंघ अत्यन्त मर्माहीत छ ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी सुमन प्रति हार्दिक समवेदन प्रकट गरिएको छ । पत्रकारीता जगतमा उहाँको योगदानको कदर स्वरुप नेपाल पत्रकार महासंघ     सप्तरीलाई २०६९ सालमा भारदह साधारण सभामा श्रद्धेय सुमनलाई सम्मान गर्ने अवसर समेत प्राप्त भएको थियो । 
    आईतवार अवलोकित दैनिकका प्रकाशक÷सम्पादक भोला कुमार पासवानले एक प्रेस विज्ञप्ती जारी गरि दिगंवत आत्माको चिरशान्तिको कामना सहित श्रद्धेय सुमनज्यू प्रति एंव शोकाकुल परिवारमा हार्दिक समवेदन व्यक्त गरिएको छ । 

प्रतिक्रिया