कञ्चनरुपमा लेखापरीक्षणको क्रममा १ करोड ३३ लाख असुली,८८ लाख असुल उपर गर्न बाँकी

  • भाद्र १७, २0८0
  • 0
...

कञ्चनपुर,भदौं १७ गते । 
कञ्चनरुप नगरपालिकामा लेखापरीक्षणको क्रममा १ करोड ३३ लाख ३४ हजार ३ सय ७८ रुपैया असुल भएको छ ।  
महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ प्रतिवेदन अनुसार लेखापरीक्षण गर्ने क्रममा उक्त रकम असुल उपर भएको उल्लेख छ ।
लेखापरीक्षणबाट रु ३ करोड २७ लाख ९३ हजार बेरुजू देखिएको छ । प्रतिवेदनका अनुसार प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजू असुल गर्नुपर्नेमा ८८ लाख ९१ हजा रहको उल्लेख छ । त्यसैगरि प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ९५ लाख ८० हजार ,अनियमित गर्नुपर्ने २ लाख ३३ हजार  र पेश्की बाँकी रु ४० लाख ९९ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकाका आव २०७७÷०७८सम्म ४५ करो ३७ लाख ६५ हजार बेरुजू रहेकोमा कञ्चनरुप नगरपालिकाको प्रमुखमा ललन प्रसाद गुप्ता जितेर आएको पहिलो बर्षमा ३ करोड २७ लाख ९३ हजार बेरुजू थपिएको हो । हालसम्मको  बेरुजू बढेर ४८ करोड ६५ लाख ५८ हजार रहेको छ । आर्थिक बर्ष २०७९÷०८०को लेखापरीक्षण हुन बाँक छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बित गरेसँगै सप्तरीका ४ पालिका प्रमुख विहिन भएको छ । योसँगै अव सप्तरीको कुन पालिकाको पालो हो भन्दै व्यापक चर्चा भइरहेको छ ।  
सप्तरीमा भ्रष्टाचारको आरोपमा निलिम्बत हुने पालिका प्रमुखको संख्या चार पुगेका छन् । यसअघि सप्तरीको राजविराज, शम्भुनाथ र विष्णुपुर पालिकाका प्रमुखहरु भ्रष्टाचारको आरोपमा निलम्बित भएपछि पालिकाहरु  प्रमुख विहीन बनेका हुन् ।

प्रतिक्रिया